काठमाडौँ । स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला एक हजार सात सय रुपैयाँले घटेर एक लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुनको मूल्य प्रतितोला एक लाख ८६ हजार रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी १५ रुपैयाँले घटेर एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।