काठमाडौँ। दाङस्थित बबई नदीमा अवैध रूपमा बाँध बाँधी पानीको बहाब रोकेर मोटरबोट चलाइएको पाइएको छ ।
दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले मंगलबार आदेश जारी गर्दै उक्त मोटरबोट नचलाउन भनेका छन् ।
पर्यटन विभागबाट मोटरबोट व्यवसाय दर्ता नगरी मोटर बोटिङ गरेको र नदीमा समेत अवैध पानीको बहाब रोकिएको भन्दै प्रशासनले रोक लगाएको छ ।
प्रशासनले मोटरबोट हेर्न नजिकै रहेको पुलमा अधिक मान्छेको भीड हुँदा समेत जोखिम बढेको जनाएको छ ।
कानुन अनुसार प्रावधान पूरा नगर्दासम्म उक्त कार्य नगर्न प्रशासनले आदेश जारी गरेको हो ।
