१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोलि देशभरका जिल्ला प्रशासन र स्वास्थ्य मन्त्रालय घेराउ गर्न चिकित्सक संघको निर्देशन 

अ+ अ-

काठमाडौँ । नेपाल चिकित्सक संघले काठमाडौँ बाहिरका डाक्टरलाई जिल्ला प्रशासन कार्यालय र काठमाडौँ उपत्यकाका डाक्टरलाई स्वास्थ्य मन्त्रालय घेराउ गर्न निर्देशन दिएको छ ।

चिकित्सक संघको विस्तारित कार्यसमिति र आवासीय चिकित्सकको छलफलले उक्त निर्णय गरेका हो ।

बुधबार पत्रकार सम्मेलन कार्यकारी सदस्य तेत्छु मल्ल भने, ‘निजी मेडिकल कलेजमा काम गर्ने डाक्टरले आकस्मिक बाहेक सम्पूर्ण काम संघर्षमा आउन अनुरोध गर्दछौं ।’

उनले अगाडी थपे, ‘देशभरका सम्पूर्ण चिकित्सकलाई भोलि १० देखि १२ बजेसम्म जिल्ला प्रशासनका कार्यालयमा घेराउ गर्न र उपत्यका भित्रका चिकित्सकलाई माइतीघरमा उपस्थित भइ स्वास्थ्य मन्त्रालय घेन आह्वान गर्दछौं ।’

साथै २४ घन्टाभित्र माग कार्यान्वयन नभए आकस्मिक बाहेकका सेवा रोक्ने संघले चेतावनी दिएको छ ।

चिकित्सा शिक्षा आयोगले २५ माघमा बसेको १६औँ बैठकमा आवासीय चिकित्सकलाई सरकारी आठौँ तहको तलब सुविधा दिन निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेजले निर्देशन अवज्ञा गरेका छन् ।

नाफा कमाउने उद्देश्यका साथ एमबीबीएस, बीडीएसको सिट र शुल्क बढाउनका लागि चलखेल गरिरहेको आरोप उनीहरूमाथि लागिरहेको छ ।

आवासीय चिकित्सक २८ दिनसम्म पनि सडक उत्रिएर आफ्नो अधिकार माग्दा पनि सरकारले उदासीनता देखाएको मल्लले बताए ।

चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकको निर्णय कार्यान्वयन नहुनु र आयोगले शैक्षिक कार्यक्रम अनुसार निजी र सरकारी प्रतिष्ठानमा एकै पटक म्याचिङ प्रक्रिया नगराई कन यो अवस्था आएको संघको ठहर छ ।

निजी मेडिकल कलेजहरूले आयोगले कायम गरेको निर्वाह भत्ता नदिएपछि २८ दिनयता सडकमा उत्रिएर चिकित्सक आन्दोलन गरिरहेका छन् । तर निजी मेडिकल सञ्चालकले डर, त्रास र धम्कीपूर्ण दिने काम गरिहरेको आवासीय चिकित्सक बताउँछन् ।

चितवन मेडिकल कलेजमा आवासीय चिकित्सक विप्लव लामिछानेले आवासीय चिकित्सकहरूलाई मेडिकल कलेजले दबाएको बताए ।

‘व्यक्तिगत रूपमा बोलाएर मानसिक दबाब दिने, कक्षाबाट हटाइदिने र राजिस्टेसन रोक्ने वा बाहिर गरिदिन्छौ भन्ने धम्की दिइरहेका छन्,’ लामिछाने भन्छन्, ‘केही साथीलाई गेटसम्म बोलाएर औपचारिक रूपमा डर देखाउने प्रयास गरिएको छ ।’

उनले अगाडी थपे, ‘यो आन्दोलन व्यक्तिगत स्वार्थको लागि होइन, सम्पूर्ण आवासीय चिकित्सकको भविष्य, अधिकार र आत्मसम्मानका लागि हो ।’

प्रतिक्रिया दिनुहोस