काठमाडौँ । मानव बेचबिखनमा संलग्न फरार प्रतिवादी एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक पाँच पोखरी थङपाल गाउँपालिका घर भएका ६७ वर्षीय चमारे भन्ने चमार तामाङ छन् । मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट बिहीबार पक्राउ गरेको हो ।
चमार तामाङले काठमाडौँ चाबहिलस्थित गलैँचा बुन्ने कारखानामा काम गर्ने पीडितलाई यो काम गर्दा टिबी रोग लाग्छ, हङकङमा गएर सुनको व्यापार गरौँ, तिमी जस्तो केटीले बढी सुन ल्याउन सक्छौ भनी विश्वास दिलाई २०४४ पुस १९ गते काठमाडौँबाट दिल्ली हुँदै मुम्बईस्थित रिता तामाङ नाम गरेकी नेपाली महिलाले सञ्चालन गरेको कोठीमा पुर्याई पीडितलाई भारतीय ८० हजार रुपैयाँमा बेचबिखन गरी उक्त वेश्यालयमा जबरजस्ती ७ वर्ष सम्म वेश्यावृत्तिको काममा लगाएको प्रहरीले जनाएको छ ।
साथै पीडितले २०५२ फागुन १ गते जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा तामाङ विरुद्ध जाहेरी दिएकोमा प्रारम्भिक अनुसन्धान सम्पन्न पश्चात् अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाएकोमा २०५२ फागुन ८ गते जिल्ला प्रहरी परिसर काठमाडौँमा मुद्दा दर्ता भई थप अनुसन्धानको लागि २०७७ असोज २० गते मानव बेचबिखन अनुसन्धान ब्युरोमा सक्कल मिसिल प्राप्त भएको थियो ।
उनी उपर जिल्ला अदालत काठमाडौँबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।