काठमाडौँ । संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वी.पी.कोइराला र योगमाया राष्ट्रिय पुरस्कार-२०८१ बाट सम्मानित हुने व्यक्तिको नाम घोषणा गरेको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै बीपी कोइराला राष्ट्रिय पुरस्कार दुवै विधामा दुई/दुई जनालाई प्रदान गर्ने निर्णय गरेको हो।
मन्त्रालयका अनुसार राजनीतिक दर्शनतर्फ सुनसरीकी मीना सुब्बा र अछामका नयनसिंह कडायतलाई प्रदान गर्ने निर्णय गरेको छ । २ लाख राशिको यो पुरस्कार दुई जनालाई एक/एक लाखका दरले प्रदान गरिनेछ।
साहित्यतर्फ पाँचथरका बैरागी काइँला र मोरङका भुवन ढुंगानालाई प्रदान गरिने भएको छ। २ लाख राशिको यो पुरस्कार एक/एक लाखका दरले प्रदान गरिने सूचनामा उल्लेख छ ।
