२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

अ+ अ-

सिरहा । गर्मीले पठनपाठन प्रभावित हुन थालेपछि सिरहाको लहान नगरपालिकाले सामुदायिक विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम लागु गरेको छ ।

कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज नगरप्रमुख महेशप्रसाद चौधरीले विद्यालयका प्रधानाध्यापकलाई कक्षा कोठाको सङ्ख्याअनुसार तीन सय ३० थान ‘सिलिंग पङ्खा’ वितरण गरेका हुन् ।

नगरपालिकाले आफ्नो १५औँ नगर सभाबाट चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम तय गरेअनुसार विद्यालयलाई पङ्खा वितरण गरिएको नगरप्रमुख चौधरीले बताए । उनले भने, “चर्को गर्मीले विद्यार्थीको पठनपाठन प्रभावित भएपछि एक कक्षा, एक पङ्खा हुनुपर्ने उद्देश्य राखेर पङ्खा वितरण गरिएको हो । पङ्खा नपुगेका विद्यालयमा आवश्यकताअनुसार पुनः वितरण गर्ने छौँ ।” 

लहान नगरपालिकामा ५९ वटा सामुदायिक विद्यालय छन् । तीमध्ये १७ माध्यमिक र ४२ वटा आधारभूत विद्यालय छन् । कक्षा कोठामा पङ्खा नहुँदा गर्मी मौसममा विद्यार्थीहरू पढाइ छाड्ने गरेका पाइएपछि नगरको उक्त कार्यक्रममार्फत पङ्खा वितरण गरिएको नगरको शिक्षा शाखाका कर्मचारी अमिरीप्रसाद यादवले बताए । उनले यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।