२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्नपूर्ण आधार शिविरमा म्याराथन दौड प्रतियोगिता हुने

अ+ अ-

म्याग्दी (बेनी) । अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर)आरोहणको हीरक महोत्सवका अवसरमा अन्नपूर्ण प्रथम आधार शिविरमा म्याराथन दौड प्रतियोगिता हुने भएको छ । 

अन्नपूर्णमा पहिलो पटक मानव पाइला टेकेको ७५ वर्ष पूरा भएको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको हीरक महोत्सवमा ३० किलोमिटर लामो म्याराथन दौड हुन लागेको हो । 

यही जेठ २० गते अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण आधार शिविरबाट नारच्याङ गाउँसम्म म्याराथन दौड प्रतियोगिता सञ्चालन हुने गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए ।

 म्याराथन प्रतियोगितामा करिब ६० जनाले सहभागिता जनाउने भएका छन् । जेठ १६ देखि २१ गतेसम्म विविध कार्यक्रमसहित मनाउन लागिएको अन्नपूर्ण हीरक महोत्सवका अवसरमा जिल्लामै पहिलो पटक उच्च उचाइमा म्याराथन दौड प्रतियोगिता हुन लागेको अध्यक्ष पुनले बताए ।

अन्नपूर्ण गाउँपालिकाका आठवटै वडाबाट पाँच/पाँच जना र जिल्लाका अन्य पाँच स्थानीय तहबाट दुईरदुईजना र नारच्याङ क्षेत्रबाट थप युवाले समेत म्याराथनमा भाग लिने म्याराथन दौड प्रतियोगिता उपसमितिका सदस्य चित्र तिलिजाले जानकारी दिए । उनका अनुसार, प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद रु ५० हजार, ३० हजार र २० हजार पुरस्कार प्रदान गरिनेछ । 

हीरक महोत्सवका अवसरमा पुर्ख्यौली नाचका साथै विविध कार्यक्रम तय गरिएको छ । आधार शिविरमा प्रथम आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको सालिक अनावरण गर्नाका साथै आधार शिविरमा निर्माण भएको खुला सङ्ग्रहालय र नारच्याङदेखि आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको समेत उद्घाटन गर्ने कार्यक्रम छ । 

सो अवसरमा आधार शिविरमा शिलालेखमा आरोहीहरूको अभिलेख राख्नेसमेत तयारी गरिएको अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिका सदस्य एवं अन्नपूर्ण प्रथम आधार शिविर पदमार्गका अभियन्ता तेज गुरुङले बताए । 

अन्नपूर्ण हिमाल आरोहण नेपालको पर्वतारोहण इतिहासमा ऐतिहासिक दिनका रूपमा परिचित छ । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए ।