काठमाडौँ । सहसचिव दिनानाथ मिश्र सचिवमा बढुवा भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मिश्रलाई सचिवमा बढुवा गरेको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए ।
जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधु भेटवालले अवकाश पाएपछि रिक्त रहेको सचिव पदमा सरकारले मिश्रलाई बढुवा गरेको हो ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको समितिको बैठकले प्राविधिकतर्फ रिक्त सचिव पदका लागि वरिष्ठ सहसचिवहरू दिनानाथ मिश्र, चिरञ्जीवी चटौत र जगदीश्वर कर्माचार्यको नाम सिफारिस गरेको थियो ।







