२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तत्कालीन मन्त्री र नगर प्रमुखविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्री र नगर प्रमुखविरुद्धको मुद्दामा विशेष अदालतबाट प्राप्त आंशिक सफाइविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

बुधबार आयोगले मधेश प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री विजय कुमार र सर्लाही जिल्लाको लालबन्दी नगरपालिकाका तत्कालीन नगर प्रमुख मानबहादुर खड्काविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको हो।

आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ को प्रदेश सरकारको नीति तथा कार्यक्रममा नेपाल सरकार र प्रदेश सरकारको लागत साझेदारीमा सञ्चालित ‘सर्प विष संकलन, प्रशोधन तथा उत्पादन केन्द्र’ स्थापनाका लागि विनियोजित रकम गैरसरकारी संस्था झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपाललाई अवैध रूपमा उपलब्ध गराइएको थियो। उक्त संस्थासँग लागत साझेदारीसम्बन्धी कुनै पनि आधार नरहेको, भौतिक संरचना निर्माणसमेत प्रचलित कानुन विपरीत रहेको आयोगको ठहर छ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार भ्रष्टाचारको कसुरमा ती व्यक्तिहरूलाई दफा ३ बमोजिम कारबाही हुनुपर्ने माग गर्दै विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको थियो। तर विशेष अदालतले २०८१ असार २५ गतेको फैसलामार्फत प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो।

उक्त फैसलाविरुद्ध आयोगले २०८२ जेठ २१ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।