काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालतमा कार्यरत कम्प्युटर अपरेटरसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले बुधवार नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम), जिल्ला अदालत परासीमा कार्यरत कम्प्युटर अपरेटर राम लखन बनियासहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरू उपर घुस रिसवत लिई भ्रष्टाचार गरेको आरोप आयोगले लगाएको छ ।







