२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनसुनजन्य विपदबाट सुदूरपश्चिमका २ लाख बढी मानिस प्रभावित हुने अनुमान

अ+ अ-

काठमाडौँ । यस वर्षको मनसुनजन्य विपदबाट सुदूरपश्चिमका दुई लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ।

अछाममा आयोजना गरिएको विपद् जोखिम व्यवस्थापन सुशासन, ऐन, नीति, योजना र कार्यविधि स्वमूंल्याकन कार्यशालामा यो वर्षको मनसुनमा सुदूरपश्चिमका दुई लाख २७ हजार ७३६ जना मानिसहरू प्रभावित हुने अनुमान गरिएको तथ्यांक प्रस्तुत भएको छ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका वातावरण तथा विपद् व्यवस्थापन शाखाका अधिकृत सन्तोष कुमार खत्रीले प्रस्तुत गरेको तथ्यांक अनुसार सुदुपश्चिमका ९ जिल्लाका मनसुनजन्य घटनाबाट प्रभावित हुने ५२ हजार ११२ घरपरिवारका दुई लाख २७ हजार ७३६ जनसंख्या रहेको छ।

तथ्यांक अनुसार कञ्चनपुरमा सबै भन्दा बढी ३६ हजार ८९६ क्रमशः कैलालीमा ३२ हजार २८०,बैतडीमा ३२ हजार १२४,बाजुरामा ३० हजार ७६६, डडेलधुरामा २९ हजार ५९३, डोटीमा २० हजार ८६९, बझाङमा १६ हजार ९३, अछाममा १५ हजार २१३ र दार्चुलामा १३ हजार ७९६ जनसंख्या रहेको छ। यस वर्ष तीन दशक यताकै बढी पानी पर्ने अनुमान गरिएकोमा त्यसमा पनि सबैभन्दा बढी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा वर्षा हुने पूर्वानुमान गरिएको छ।

विपद्को बेला सबैभन्दा बढी जिम्मेवारी स्थानीय तहको रहेकाले पूर्वतयारीले जोखिम कम गर्न सकिने भएकाले सबै संयन्त्रहरू तयारी अवस्था राख्न सुझाव दिइएको छ।