२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दाबी

अ+ अ-

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व प्रसिद्ध अमेरिकी उद्यमी एलन मस्कले ‘आफ्नो सोच्ने शक्ति गुमाएको’ बताउँदै आफ्ना अर्बपति पूर्व सहयोगीसँगको विवादलाई थाँती राख्दै अघि बढ्ने बताएका छन् । 

विश्वका सबैभन्दा धनी र शक्तिशाली व्यक्तिहरूबीचको तीव्र सार्वजनिक सम्बन्ध विच्छेदले विश्वलाई चौतर्फीरूपमा राजनीतिक र आर्थिक जोखिमतर्फ धकेलेको छ । 

ह्वाइट हाउसका अधिकारीहरूले एएफपीलाई बताएअनुसार ट्रम्पले मस्कसँग वार्ता गर्ने सोचलाई त्यागिसकेको बताएका छन् । 

ट्रम्पले एयर फोर्स वानमा आफ्नो न्यूजर्सी गल्फ क्लबजाने क्रममा पत्रकारहरूसँग भने, “इमानदारीपूर्वक भन्नुपर्दा म चीन, रुस, इरानसँगको छलफलमा व्यस्त भएको छु । म एलन मस्कको बारेमा सोचिरहेको छैन । म उहाँको राम्रो कामको लागि कामना गर्दछु।” 

यसअघि राष्ट्रपति ट्रम्पले अमेरिकी प्रसारणकर्ताहरूसँग भनेका थिए, “अब म आफ्नो ‘ठूलो र उत्कृष्ट’ बिललाई कङ्ग्रेसबाट पारित गर्नमा ध्यान केन्द्रित गर्छु । यसबारे मस्कको कठोर आलोचनाले विश्वका सबैभन्दा धनी र शक्तिशाली व्यक्तिहरूको टकराबलाई बढावा दिएको थियो।”

रिपब्लिकन नेतासमेत रहेका ७८ वर्षीय राष्ट्रपति ट्रम्पले निकट मित्रबाट शत्रु बनेका दक्षिण अफ्रिकी मूलका आफ्ना पूर्व सहयोगीलाई निशाना बनाउनबाट आफूलाई टाढा राख्न सकेका छैनन् । 

मस्कको बारेमा सोधिएको प्रश्नमा ट्रम्पले एबीसीसँगको कुराकानीमा भने, “तपाईँको मतलब ‘सोच्ने शक्ति गुमाएको मान्छे’रु म मस्कसँग कुरा गर्न ‘खासै’ इच्छुक छैन।”

ट्रम्पले पछि फक्स न्यूजसँग भने, मस्कले सोच्ने शक्ति गुमाउनुभएको छ ।”

उनीहरूबीच विवाद चुलिएपछि तथाकथित ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डिओजिई)’ मा चार महिना काम गरेपछि आफ्नो लागत कटौतीको भूमिकाबाट मस्कले एक साताअघि मात्र बिदा लिने निर्णय गरेका थिए । 

व्यापार तनावका समाचारहरू आइरहेका बेला उनीहरूको सम्बन्ध जुन तीव्र गतिमा बिग्रियो, त्यसले वासिङ्टनलाई स्तब्ध बनाएको छ । 

मस्कले गत मंगलबार ट्रम्पको खर्च विधेयकलाई ‘घृणित’ भनेपछि ट्रम्पले बिहीबार आफ्नो कार्यालय ९ओभल अफिस० बाट एक टिप्पणीमार्फत जवाफ दिँदै मस्कबाट आफू ‘धेरै निराश’ भएको बताएका थिए ।  

ट्रम्पको खर्च विधेयकले कंग्रेसमार्फत कठिन मार्गको सामना गरिरहेको छ यसले अमेरिकी घाटा बढाउने र लाखौँ गरिब अमेरिकीहरूको स्वास्थ्य सेवामा कटौती गर्ने आलोचकहरूले बताएका छन्। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेस एक्सका प्रमुखको अर्बौं डलरको रकेट र स्याटेलाइट सम्झौता रद्द गर्न सक्ने बताएका थिए । 

मस्कको सम्झौता कटौती गर्नेबारे कत्तिको गम्भीरतापूर्वक विचार गरिरहनुभएको छ भनी सोधिएको प्रश्नमा ट्रम्पले शुक्रबार राति यसबारे भने, “यो धेरै पैसा हो, यो धेरै अनुदान हो, त्यसैले हामीले एक नजर लगाउनेछौँ र यो देशको लागि उचित हुन्छ भने मात्र अघि बढाइनेछ।” 

सामाजिक सञ्जालमा शत्रुतालाई कम गर्ने प्रयास गर्दै नासाका अन्तरिक्ष यात्रीलाई अन्तरिक्ष केन्द्रसम्म पुर्‍याउनका लागि आवश्यक पर्ने आफ्नो कम्पनीको ड्रागन अन्तरिक्ष यानलाई रद्द गर्ने चेतावनीलाई मस्कले शुक्रबार फिर्ता लिएका थिए ।