२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिङ्गाड गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा

अ+ अ-

भेरीगङ्गा (सुर्खेत) । चिङ्गाड गाउँपालिकालाई  पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । सबै वडाका पाँच वर्षमुनिका बालबालिकाले आवश्यक सम्पूर्ण नियमित खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चितता भएपछि सो पालिकालाई सुर्खेतको पहिला नै पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको हो ।

पाँच वर्षमुनिका सबै बालबालिकाले आवश्यक सम्पूर्ण नियमित खोप लगाइसकेपछि पालिकालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो। यससँगै चिङ्गाड गाउँपालिका जिल्लाकै पहिलो यस्तो पालिका बनेको छ ।

जनस्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत घनबहादुर बुढाका अनुसार जिल्ला खोप समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा घोषणा गरिएको हो । वडास्तरमा खोप सुनिश्चितताको घोषणापछि पालिकाले सम्पूर्ण मापदण्ड पूरा गरेपछि पूर्ण खोप सुनिश्चित पालिकाको रूपमा मान्यता पाएको हो । उनले पहिले वडास्तरमा खोप घोषणा भएको र त्यसपछि पालिकास्तरमा पूर्ण सुनिश्चितता घोषणा गरिएको स्पष्ट पारे । 

स्थानीय सरकार, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक र समुदायको निरन्तर प्रयास र सहकार्यबाट पूर्ण खोप सुनिश्चितता घोषणा गर्न सफल भएको उनले जानकारी दिए। पूर्ण खोप सुनिश्चितता भनेको सबै बालबालिकाले समयमा सबै खोप लगाउनु र त्यो उपलब्धि दिगो रूपमा कायम गर्नुपर्ने सरोकारवालाहरूले जोड दिएका छन् ।

कार्यक्रमका खोप समन्वय समितिका कार्यवाहक अध्यक्ष सचिन बडुवालले बालबालिकाको जीवन रक्षा र स्वस्थ भविष्यका लागि खोप कार्यक्रमको सफल कार्यान्वयन निकै सराहनीय रहेको बताए । 

चिङ्गाड गाउँपालिकाका अध्यक्ष बोदविक्रम जिसीले स्थानीय सरकार, स्वास्थ्यकर्मी, स्वयंसेविका, अभिभावक र सम्पूर्ण समुदायबीचको सहकार्यकै कारण यस्तो महत्त्वपूर्ण उपलब्धि सम्भव भएको बताए । जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख करुणा भट्टराईले सबै बालबालिकाले समयमा खोप लगाउनु मात्र पर्याप्त नभई त्यो अभ्यासलाई दिगो रूपमा कायम राख्नु अत्यावश्यक छ भने ।