२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१ खर्ब १२ अर्ब विदेशी मुद्रा विदेश जाने विद्यार्थीसँगै बिदेसियो

अ+ अ-

काठमाडौँ । नेपालबाट अध्ययनमा जाने विद्यार्थीसँगै १ खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बिदेसिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म शिक्षातर्फको व्यय सो रकम बराबर देखिएको हो ।

अघिल्लो वर्ष १० महिनामा शिक्षामा १ खर्ब ४ अर्ब रुपैयाँ बिदेसिएको थियो । शिक्षा र नेपालबाट विदेश घुमफिरमा जाने नेपालीसँगै १ खर्ब ८५ अर्ब ३ करोड रुपैयाँ बिदेसिएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा १७.९ प्रतिशतले बढेको हो ।

भ्रमणका लागि नेपाल आउने पर्यटकले नेपालमा गरेको खर्च ७५ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यो रकम ६९ अर्ब ७३ करोड रहेको थियो । सेवा खाता अन्तर्गत नेपाल भित्रने रकमको तुलनामा बिदेसिने रकम माथि छ ।

जसले गर्दा सेवा खाता घाटामा रहेको देखिन्छ । वैशाखसम्म सेवा खाता ८६ अर्ब ५३ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्ष १० महिनामा सेवा आय ५० अर्ब ३१ करोडले घाटामा थियो ।