काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार अधिकृतविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ।
रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दान बहादुर के.सी. विरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा शुक्रवार पुनरावेदन दिएको प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिए ।








