२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायल-इरान तनावले आफ्ना लागि सैन्य सहायता नघट्ने युक्रेनको अपेक्षा

अ+ अ-

किएभ । इजरायल र इरानबीचको तनावका कारण किएभलाई दिइने सैन्य सहायतामा कमी नआउने विश्वास युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले व्यक्त गरेका छन् ।

उनले भने, ‘हामी युक्रेनलाई दिइने सहयोग यसबाट कम नहोस् भन्ने चाहन्छौं । पछिल्लो पटक युक्रेनलाई सहायता कम गर्न कारक बनेको इजरायल र अरब राष्ट्रको सैन्य तनाब पनि एक कारक बनेको थियो ।’

इजरायलले शुक्रबार इरानमाथि आणविक तथा सैन्य संयन्त्रका साथै उच्च पदस्थ जनरल र आणविक वैज्ञानिकलाई लक्षित गरी ठूलो मात्रामा आक्रमण गरेको थियो ।

इरानमाथिको आक्रमणले तेलको मूल्यमा वृद्धि भएको र यसले रुसलाई फाइदा पुग्ने जेलेन्स्कीले बताएका छन् ।

‘आक्रमणका कारण तेलको मूल्यमा तीव्र वृद्धि भयो। यो हाम्रो लागि नराम्रो हो’, रूसी तेल निर्यातमा मूल्य सीमा लागू गर्न आह्वान गर्दै उनले थपे । उनले निकट भविष्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्भावित बैठकमा मूल्य सीमाको मुद्दा उठाउने बताए ।

यद्यपि, इजरायली आक्रमणहरूले तेहरानबाट मस्कोलाई सैन्य उपकरण आपूर्तिमा कमी ल्याउँछ भने यो किएभका लागि पनि अनुकूल हुन सक्छ । रूसले युक्रेनविरूद्धको लडाइँमा इरानमा निर्मित ड्रोन र उत्तर कोरियाली जनशक्तिको व्यापक प्रयोग गरेको दाबी युक्रेन र उसका पश्चिमी सहयोगीहरूले गरेका छन् ।

युक्रेनी नेताले वासिङ्टनको संलग्नताबिना युरोपको समर्थन रोकिने चेतावनी पनि दिए । ‘यदि अमेरिकाको संलग्नता छैन भने युक्रेनलाई दिने सहयोग के गर्ने भनेर युरोपले अहिलेसम्म निर्णय गरिसकेको छैन।’

उनले रुससँगको वार्तामा ‘दृष्टिकोण परिवर्तन’ गर्न अमेरिकालाई आग्रह गर्दै अहिले अमेरिकाको रूससँगको सम्बन्ध ‘धेरै न्यानो’ भएको र यसले युद्ध अन्त्य गर्न सहयोग नगर्ने चेतावनी दिए ।