२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज १००औँ टी-२०आई खेल्दै नेपाली क्रिकेट टोली

अ+ अ-

काठमाडौँ । नेपाली क्रिकेट टोलीले आज आफ्नो १००औँ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दै छ । स्कटल्याण्ड टी-२०आई शृंखलाअन्तर्गत नेदरल्याण्ड्ससँगको खेल नेपालको १००औँ टी-२०आई खेल हुनेछ ।

सन् २०१४ मा आईसीसी टी-२० विश्वकपमार्फत अन्तर्राष्ट्रिय स्तरको क्रिकेट यात्रा सुरु गरेको नेपालले त्यसयता ९९ वटा टी-२०आई खेलेको छ ।

नेपालले उक्त समय हङकङसँगको खेल खेल्दै टी(२०आई यात्रा सुरु गर्दा जित हासिल गरेको थियो । त्यसपछि बंगलादेशसँग पराजित भएको नेपालले अफगानिस्तानलाई हराएको थियो।

नेपालको पहिलो टी-२०आई टोलीमा रहेका एक खेलाडी मात्र हालसम्म टोलीमा छन् । त्यसबेला खेलेका पेस बलर सोमपाल कामी हालसम्म पनि टोलीको महत्वपूर्ण हिस्सा रहँदै आएका छन् । यद्यपि यस शृङ्खलामा भने उनी चोटका कारण उपलब्ध हुने छैनन् ।

हालसम्म नेपालले खेलेका ९९ टी-२०आईमा ५५ जित निकालेको छ भने ३९ मा हार बेहोर्दा २ खेल बराबरी भएको छ । ३ खेल नतिजाविहीन छ।

नेपालका लागि टी-२०आईमा सर्वाधिक रन दीपेन्द्रसिंह ऐरीले बनाएका छन् । उनले ७८ खेलमा १७५६ रन बनाएका छन् । त्यस्तै कुशल भुर्तेलले ५७ खेलमा १४२० रन बनाएका छन् । कप्तान रोहित पौडेलले १३५८ र आसिफ शेखले १३५२ रन बनाएका छन् ।

बलिङमा सन्दीप लामिछानेले सर्वाधिक १०८ विकेट लिएका छन् । त्यसपछि करण केसीले ९९ विकेट लिएका छन् । आजको खेलमा उनलाई १००औँ विकेट लिने मौका पनि छ ।

नेपालको सबैभन्दा ठुलो योगफल ३१४ रनको छ । २७ सेप्टेम्बर २०२३ मा मङ्गोलियाविरुद्ध हाङ्झोउमा सम्पन्न एसियन गेम्सको खेलमा बनाइएको उक्त योगफल टी-२०आई इतिहासमा पहिलो पटक ३०० भन्दा बढी रन बनेको क्षण थियो ।

त्यसबेला सर्वाधिक टी-२० योगफलको कीर्तिमान कायम भएपनि हाल यो तोडिइसकेको छ । सोही खेलमा नेपालका ब्याटर कुशल मल्लले १३७ रन बनाएका थिए जुन नेपालका लागि टी-२०आई मा कुनैपनि ब्याटरले बनाएको सर्वाधिक स्कोर हो ।

हालसम्म नेपालका पाँच ब्याटरले टी(२०आईमा शतक बनाएका छन् । सबैभन्दा पहिलो शतक पारस खड्काले सन् २०१९ मा सिंगापुरविरुद्ध बनाएका थिए । त्यसपछि कुशल भुर्तेलले फिलिपिन्सविरुद्ध, कुशल मल्लले मंगोलियाविरुद्ध बनाएका छन् । दीपेन्द्रले मलेसियाविरुद्ध तथा ज्ञानेन्द्र मल्लले भुटानविरुद्ध शतक बनाएका छन् ।

टी-२०आईमा नेपालको सबैभन्दा कम योगफल ५३ रनको छ, १३ जुलाई २०१५ मा आयरल्यान्डविरुद्ध बेलफास्टमा भएको विश्वकप छनोट खेलमा नेपालको खराब प्रदर्शन थियो ।

अविनाश बोहराले मालदिभ्सविरुद्ध ११ रन मात्र दिएर ६ विकेट लिएको नेपालको टी-२०आईमा उत्कृष्ट बलिङ प्रदर्शन हो ।

यसबाहेक दिपेन्द्रसिंहले एसियन गेम्सकै खेलमा ९ बलमा अर्धशतक बनाएका छन् जुन रेकर्ड तोडिँदैन केवल बराबर मात्र हुन सक्छ । उनले एकै ओभरमा ६ छक्का प्रहार गरेको रेकर्ड पनि बनाएका छन् ।