२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रकाश ज्वालाको दाबी-‘बजेटमा मन्त्रीका आसेपासे र बिचौलियाको हालीमुहाली छ’

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमा मन्त्री, मन्त्रीका आसेपासे र बिचौलियाको हालीमुहाली रहेको बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२-०८३ को बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद ज्वालाले मन्त्री र तिनका आसेपासे तथा बिचौलियाले बजेटमा हालीमुहाली गरेको बताएका हुन् ।

मन्त्रीका मातापिताका नाममा तथा पार्टी कार्यालय बनाउन अर्बौँ बजेट बाँडिएको भन्दै उनले बजेटको आलोचना गरे । ‘सहरी विकास मन्त्रालयको मात्रै कुरा गर्दा बजेटलाई मन्त्रीहरूले एकलौटी कब्जा गरेजस्तो देखिन्छ । मन्त्री र मातापिताका नाममा, पार्टी कार्यालय बनाउन अर्बौँ बजेट बाँडिएको छ,’ उनले भने, ‘दुर्गम जिल्लाहरूमा स्वास्थ्य चौकी, खानेपानी जस्ता आधारभूत आवश्यकतामा बजेट नभएर जनता छटपटाइरहेका छन् ।’

पूर्वमन्त्री ज्वालाले सरकारले राष्ट्रिय योजना आयोगको निर्देशनलाई पनि धज्जी उडाएको बताए । ‘केन्द्रमा तीन करोड रुपैयाँभन्दा माथिका योजनामा मात्र बजेट विनियोजन गर्ने भन्ने योजना आयोगको निर्देशनलाई धज्जी उडाइएको छ । बजेट छरपस्ट रूपमा वितरण गरिएको छ । बजेट बनाउँदा र वितरण गर्दा नै अनियमितताको गन्ध आएको छ ।’

उनले प्रधानमन्त्री, अर्थमन्त्री र सत्तारुढ दलका प्रभावशाली नेताको जिल्लामा बजेट थुपारिएको आरोपसमेत लगाए । ‘म अर्थमन्त्रीज्यूसँग प्रश्न गर्न चाहन्छु, के देश झापा, रुपन्देही, काठमाडौँको मात्रै हो ? के यही हो बजेटमा सुशासन ? बजेट दुरुपयोगको यो भन्दा नांगो नमूना अरु के हुन सक्छ ?’