२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेलबाट स्वास्थ्य जीवन, स्वच्छ समाजको प्रवर्द्धन हुन्छ : मन्त्री पौडेल

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले खेलबाट स्वस्थ्य जीवन र स्वच्छ समाज प्रवर्द्धन गर्नका लागि सहयोग पुग्ने बताएका छन् । 

काठमाडौँ महानगरपालिका–२६ ले आयोजना गरेको काठमाडौँ जिल्लाव्यापी बृहत् खेलकुद कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री पौडेलले व्यक्ति र समाज खुसी रहन स्वस्थ्य रहनुपर्ने र त्यसका लागि खेल आवश्यक पर्ने बताए। 

खेल र स्वास्थ्यको प्रसङ्ग जोड्दै उनले भने, “खेलले स्वस्थ्य जीवन प्रदान गर्छ । स्वस्थ्य जीवनमा मात्र खुसी प्राप्त गर्न सकिन्छ । मन र शरीरलाई कसरी स्वस्थ्य राख्ने औपचारिक शिक्षामा समावेश हुन अझै सकेको छैन ।” 

विकेन्द्रीकृत कार्यक्रमबाट वडालाई सशक्त बनाउने र नागरिकका ढोकामै कार्यक्रम पुर्‍याउने महानगरपालिकाले नीति लिएको कामपाको उपप्रमुख उपप्रमुख डङ्गोलको भनाइ छ । उनले भने, “वडाबाट नै जिल्ला स्तरीय प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्नु यसको उदाहरण हो ।” वडासँगै केन्द्रबाट पनि खेलकुदका कार्यक्रम सञ्चालन भइरहेका उनले जानकारी दिए ।  

उनले खेलकुदमा सबैलाई अवसर प्रदान गर्ने कार्यक्रम उल्लेख गर्दै भने, “दृष्टिविहीनहरूका लागि फुटसल, ह्विलचेयर प्रयोगकर्ताहरूका बीचमा बास्केटबल प्रतियोगिता, पूर्ण अशक्त र अति अशक्तहरूका लागि बोसिया खेल सम्पन्न गरेका छौँ । हामी चाहन्छौँ, अवसर पाइन भनेर कसैले गुनासो गर्नु नपरोस् ।” 

“यो सुरुआत मात्र हो । यसलाई थप बृहत् र परिष्कृत गर्दै लैजाने कामपाको तयारी छ,” कार्यक्रममा वडाध्यक्ष ख्यामराज तिवारीले भने, “हरेक वर्ष यसप्रकारको प्रतियोगिता सञ्चालन गर्ने योजना छ । प्रतियोगितामा फुटसल, टेवुलटेनिस, तेक्वान्दो र करातेका दुई विधा गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ ।” 

खेल संयोजक प्रवेश श्रेष्ठ भन्छन्, “प्रतियोगिताका बारेमा जानकारी दिँदै भन्छन्, “वडाभित्र फुटसल, टेबुलटेनिस, बास्केटबललगायत खेलका लागि पूर्वाधार उपलब्ध भएकाले प्रतिस्पर्धा गराउन सजिलो भएको हो । सबै विधामा गरेर करिब रु एक हजार खेलाडीहरू प्रतिस्पर्धामा हुनुहुन्छ ।” 

आइतबारदेखि सुरु भएको खेल यही असार ८ गतेसम्म सञ्चालन हुने कामपाले जानकारी दिएको छ ।