२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘दिगो आर्थिक रूपान्तरण आजको आवश्यकता’ : डा.महत

अ+ अ-

गलकोट (बागलुङ) । पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले दिगो आर्थिक रूपान्तरणका लागि योजनाबद्ध ढङ्गले काम गर्न आवश्यक रहेको बताएका छन् । 

वितरणमुखी बजेटले राज्यको समृद्धि नआउने भएकाले दीर्घकालीन रूपमा आम्दानी बढाउने क्षेत्रमा राज्यले लगानी गर्न आवश्यक रहेको उनले बताए। नेपाल प्रेस युनियन बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतले संसद् अकारणमा अवरुद्ध गर्ने परिपाटीको अन्त्य गर्न आवश्यक रहेकोमा जोड दिए। बजेटमाथि छलफल गर्दा पछि कार्यान्वयनमा सहज हुने उनको भनाइ छ । 

लोकप्रियताका लागि ल्याइएका योजना असफल बन्दा जनतामा निराशा छाउने भएकाले योजनाको दिगोपनामा ध्यान दिन आवश्यक रहेको उनले बताए। आर्थिक रूपान्तरणका लागि कालीगण्डकी करिडोर तथा मध्यपहाडी लोकमार्गले ठूलो टेवा पुर्‍याउने उनले उल्लेख गरे । 

उनले आगामी मङ्सिरमा पार्टीको महाधिवेशन सम्भव नदेखिएको बताए। भिजिट भिसा प्रकरणमा कर्मचारी मुछिँदा गृहमन्त्रीले राजीनामा दिन नपर्ने उनको जिकिर छ ।