काठमाडौँ । बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजायको फैसला भएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नम्बर-२२ घर भएर छाउनी बस्ने ५२ वर्षीय प्रवणलाल सिंह छन् । उनलाई छाउनीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
उनीबिरुद्ध २१ लाख बिगो कायम भएको छ । उनलाई थप अनुसन्धानको लागी काठमाडौँ जिल्ला अदालतमा पठाइएको छ ।







