२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कर्णालीको अवस्था बदल्ने जिम्मेवारी अब युवाको काँधमा’-मुख्यमन्त्री कँडेल

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको सामाजिक, आर्थिक र संरचनागत अवस्था परिवर्तन गर्ने दायित्व अब युवाको काँधमा रहेको बताएका छन् ।

राष्ट्रिय युवा परिषद् नेपाल कर्णाली प्रदेशद्वारा आयोजित ‘युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन २०८२’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले युवामै समृद्ध कर्णालीको सम्भावना रहेको धारणा व्यक्त गरे । 

मुख्यमन्त्री कँडेलले आजका युवामा ज्ञान, सोच र सीप भरिपूर्ण रहेको उल्लेख गर्दै भने, “अब आत्मविश्वास र नेतृत्वदायी भूमिका जगाउन सके अहिलेको समय हिजोको भन्दा सजिलो र अनुकूल छ ।” 

कर्णाली प्राकृतिक हिसाबले भरिपूर्ण छ यसलाई सदुपयोग गर्न सके युवा पुस्ताको भविष्य उज्यालो हुने उनले बताए । श्रमलाई सम्मान गर्ने संस्कार निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

उद्यमशील युवा, कृषक तथा पर्यटन व्यवसायीका लागि सहुलियत कार्यक्रम ल्याउने नीति प्रदेश सरकारले लिएको उनले बताए । सरकारले कृषि, पर्यटन र लघु उद्योगलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने जानकारी दिए । विदेशबाट फर्किएका युवाको सीप र अनुभवलाई उत्पादनसँग जोड्न सरकार तयार रहेको मुख्यमन्त्री कँडेलको भनाइ छ ।