काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दैछ ।
बैठक बिहान ११ बजे बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ ।
बैठकमा वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक समीक्षा तथा भावी कार्ययोजनालगायतका एजेन्डामा छलफल हुने तय भएको छ ।







