२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजेन्द्र पाण्डेको दाबी-‘सही छानबिन भए पूर्व प्रधानमन्त्रीहरूलाई डिल्लीबजार जेलमै भेट्न पाउँछौँ’

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सही ढंगले छानबिन गर्ने हो भने विगतका प्रधानमन्त्री तथा अर्थमन्त्रीहरूलाई डिल्लीबजार भवनमै भेट्न पाउने बताएका छन् ।

पोखरामा समाजवादी प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष पाण्डेले सही तरिकाले छानबिन गरेमा विगतमा प्रधानमन्त्री, अर्थमन्त्री कारबाहीमा पर्ने बताएका हुन् ।

‘आशा गरौँ वाइडबडीमा पनि आइदियोस्, गिरिबन्धु टि-स्टेट, गोकर्ण सफारी पार्क, ओम्नी प्रकरणमा पनि आइदियोस् । यसको लर्को छ । यो लर्कोलाई सही ढंगबाट छानबिन गरेर कारबाही गराउने ठाउँमा पुर्‍याउने सक्यौँ भने हामीले विगतमा प्रधानमन्त्री, अर्थमन्त्रीहरूलाई डिल्लीबजार भवनमै भेट्न पाउँछौँ । पाउरोटी लिएरै जान पाउँछौँ,’ उनले भने ।

अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि लगाइएको आरोप पूर्वाग्रही पूर्ण रहेको वरिष्ठ उपाध्यक्ष पाण्डेले दाबी गरे । उस्तै खालको दुई कुरामा एउटा नीतिगत र अर्कोमा नीतिगत नहुने कुरा पूर्वाग्रही भएको उनको जिकिर छ ।

‘ललिता निवास प्रकरणमा के निर्णय गरिएको पाइयो भने यो नीतिगत निर्णय हो । सरकारले नीतिगत निर्णय गर्न पाउँछ । नीतिगत निर्णय गर्दा अख्तियारको कार्यक्षेत्रभित्र पर्दैन । त्यसकारण हामीले केही गर्न पर्दैन । गर्नुपर्ने भए सरकारले गर्नु भनेर निर्णय गरेको छ,’ उनले भने, ‘त्यस्तै खालको कुरामा एउटामा नीतिगत निर्णय हुने र अर्कोमा नीतिगत निर्णय नहुने जुन कुरा छ । यसलाई पूर्वाग्रही पूर्ण छ भनेर हामीले भनेका छौँ ।’