२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘निजामती सेवा ऐनले संघीय प्रशासनको ढाँचा निर्धारण गर्छ’ : मन्त्री गुप्ता

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले संसदमा विचाराधीन निजामती सेवा ऐनले प्रशासनिक संघीयताको ढाँचा निर्धारण गर्ने र तीनै तहको प्रशासनिक समन्वयलाई प्रभावकारी बनाउने बताएका छन्।

सोमबार मन्त्रालयगत छलफलमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले ऐनले संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्यलाई सुदृढ गर्ने प्रावधानहरू समावेश गरेको उल्लेख गरे।

‘संसदमा विचाराधीन निजामती सेवा ऐनले प्रशासनिक संघीयता ढाँचा निर्धारण गर्छ र तीनै तहको प्रशासनिक अन्तरसम्बन्धलाई प्रभावकारी बनाउने गरी विधेयकमा विभिन्न प्रावधान राखिएको छ। संविधानले नै व्यवस्था गरेको तीन तहको सहअस्तित्वलाई थप बल पुर्‍याउने गरी मन्त्रालयको क्रियाशीलता अगाडि बढाइएको छ,’ उनले भने।

मन्त्री गुप्ताले मन्त्रालयले सबल संघीयता र जनउत्तरदायी प्रशासनको लक्ष्यसहित २०७७/७८–२०८७/८८ को दश वर्षे रणनीतिक योजनाअनुरूप काम गरिरहेको बताए। उनले नेपाल सरकारले विकास आयोजनाका लागि मापदण्ड निर्धारण गरेको र सोहीअनुसार विकास व्यवस्थापनको थालनी भएको जानकारी दिए।

संघीयता कार्यान्वयनमा बजेट र अन्य विषयमा केही चुनौती देखिए पनि प्रदेश र स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरणमार्फत तल्लो तहबाट विकास कार्य अगाडि बढाइएको उनले स्पष्ट पारे।