२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ताप्लेजुङका पाँच स्थानीय तहद्वारा बजेट सार्वजनिक

अ+ अ-

ताप्लेजुङ । एक नगरपालिकासहित नौ स्थानीय तह रहेको जिल्लाका सिदिङ्वा, सिरिजङ्घा, आठराई त्रिवेणी, मेरिङ्देन र मैवाखोला गाउँपालिकाले बजेट सार्वजनिक गरेका छन् । पाँच स्थानीय तहले रु दुई अर्ब ५० करोड ९२ लाख १६ हजार ७९१ को बजेट सार्वजनिक गरेका छन् ।

यही असार ५ गते सिदिङ्वा गाउँपालिकाले रु ४४ करोड ५२ लाख ८७ हजारको बजेट प्रस्तुत गरेको थियो । सिरिजङ्घा गाउँपालिकाको १७औँ गाउँ सभामार्फत आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पालिका उपाध्यक्ष डा चित्र माबोले रु ५८ करोड ७४ लाख आठ हजार ८६३ को बजेट सार्वजनिक गरेका छन् ।

आठराई त्रिवेणी, मेरिङ्देन र मैवाखोला गाउँपालिकाले यही असार ९ गते एकै दिन बजेट गाउँ सभामा पेस गरेका छन् । आठराई त्रिवेणी गाउँपालिकाको २१औँ गाउँ सभामार्फत आव २०८२/८३ का लागि पालिका उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङले रु ५२ करोड ३६ लाख ५४ हजार बजेट प्रस्तुत गरेकी छिन् । मेरिङ्देन गाउँपालिकाले १८औँ गाउँ सभामार्फत पालिका उपाध्यक्ष दुर्गा श्रेङचोङबाङले रु ५० करोड ५७ लाख ५० हजार ९२८ को बजेट गाउँ सभामा पेस गरिन् ।

त्यसै गरी, मैवाखोला गाउँपालिकाले १७औँ गाउँ सभामार्फत पालिका उपाध्यक्ष कमलकुमारी लिम्बूले रु ४४ करोड ७१ लाख १५ हजारको बजेट गाउँ सभामा पेस गरेकी छिन् । बाँकी फुङ्लिङ नगरपालिका, फक्ताङलुङ, मिक्वाखोला र पाथीभरा याङवरक गाउँपालिकाको आज बजेट सार्वजनिक गर्ने तयारीमा छन् ।