२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पारित भइसकेको अख्तियार विधेयक कता हरायो ? भन्दै संसदीय समितिमा सांसदको प्रश्न

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक कता हरायो भन्दै प्रश्न गरेका छन् ।

समितिको बुधबारको बैठकमा प्रहरी विधेयकमाथि छलफल भइरहँदा नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले अख्तियार विधेयकको खोजी गरेकी हुन् ।

अख्तियार विधेयक यसै समितिले ६ महिनाअघि सर्वसम्मत पारित गरेको थियो ।

नीतिगत निर्णयमा अख्तियारले मुद्दा चलाउने कि नचलाउने भन्ने विषयमा विवाद भइरहेका बेला उक्त विधेयक समितिबाट पारित भएर रोकिएको भए पनि अख्तियारले नीतिगत निर्णयमाथि भ्रष्टाचारको अभियोग लगाइसकेको माओवादी सांसद राईले बताइन् ।

उनले भनिन्, ‘६ महिनाअघि पारित गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक कता हरायो खै ? भ्रष्टाचार रोक्ने भन्ने, तर त्यसैसँग सम्बन्धित विधेयक किन रोकियो ? नीतिगत निर्णय गरेर कार्यान्वयन भइसकेको छ, तर किन विधेयक रोक्ने ?’

सांसद राईले निजामती विधेयक प्रतिनिधिसभाको कार्यसूचीमा प्रवेश गरेर पनि कुलिङ पिरियडको विषयलाई लिएर रोकिएकोमा आपत्ति जनाइन् ।

उनले भनिन्, ‘कुलिङ पिरियड राख्ने भनेपछि किन रोक्ने रु कार्यसूचीबाट किन हटाइयो ? सभापतिज्यूले सक्नुभएन भने हामी जान्छौँ । गृहमन्त्रीज्यूको स्वभाव मुसुक्क हाँसेर उडाइदिनुहुन्छ ।’