काठमाडौँ । यसपटक पनि माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सबैभन्दा धेरै गणित विषयमा परीक्षार्थी अनुत्तीर्ण भएका छन्।
आज सार्वजनिक गरिएको नतिजा अनुसार गणित विषयमा १ लाख २८ हजार २१५ परीक्षार्थी अनुत्तीर्ण भएका छन्। अंग्रेजीमा ८० हजार ६७२ विद्यार्थी अनुत्तीर्ण भए।
गणितमा १ लाख २८ हजार २१५, अंग्रेजीमा ८० हजार ६७२, साइन्स एण्ड टेक्नोलोजीमा ७९ हजार २७१, नेपालीमा ५४ हजार ७३५, सामाजिकमा ५३ हजार १८६, अर्थशास्त्रमा ४२ हजार १५०
ऐच्छिक गणितमा १८ हजार २२२ अनुत्तीर्ण भएका छन् ।







