२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मुलुकलाई धानमा आत्मनिर्भर बनाउन सकिन्छ’: महासचिव पोखरेल

अ+ अ-

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले राज्यले ध्यान दिन सकेको खण्डमा धान उत्पादन बढाइ मुलुकलाई आत्मनिर्भर बनाउन सकिने धारणा राखेका छन् ।

आइतबार अखिल नेपाल किसान महासङ्घले भक्तपुरको ताथलीमा आयोजना गरेको २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव २०८२ मा उनले नेपाल धानमा आत्मनिर्भर बन्न सक्ने सम्भावना प्रशस्त रहेकाले राज्यले यसतर्फ ध्यान दिनुपर्ने बताएका हुन् ।

महासचिव पोखरेलले गत साल नेपालको धानको उत्पादनमा नयाँ कीर्तिमान नै कायम गरेको उल्लेख गरेका छन्। किसानलाई समाजले सम्मानित नागरिकको रूपमा पहिचान दिनु आवश्यक रहेको औल्याउदैँ उनले कृषि पेसामा पढेलेखेका नयाँ पुस्ताको प्रवेश गराउँदै नयाँ पुस्तामा खेतीप्रतिको रुचि बढाउन आवश्यक रहेको बताए ।

किसानले उत्पादनको गरेको कृषि उपजको सही मूल्य र बजारको सुनिश्चितता राज्यले गर्नु पर्ने बताउँदै उनले कृषि प्रणालीलाई आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरण गर्न राज्य लाग्नु पर्ने बताए ।