२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भन्सार विधेयकमाथि छलफल सकियो

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल भएको छ ।

समिति सभापति तुलसाकुमारी दहालले आज विधेयकमाथिको छलफल टुङ्गिएको र प्रतिवेदन तयार पारेर जतिसक्दो चाँडो राष्ट्रियसभामा पठाइने जानकारी दिइन्। आजको बैठकमा विधेयकमा परेका संशोधन प्रस्तावहरूमाथि छलफल भएको थियो ।

राष्ट्रिय सभामा विधेयकमाथि पाँचवटा एकल तथा संयुक्त संशोधन प्रस्ताव परेका छन् । डा बेदुराम भुसाल, गोमादेवी तिमल्सिना, घनश्याम रिजाल, जयन्तीदेवी राई, मदनकुमारी शाह (गरिमा), राजेन्द्रलक्ष्मी गैरे र सावित्री मल्लले संयुक्त रूपमा संशोधन दर्ता गरेका थिए । 

त्यसैगरी, सुरेशकुमार आलेमगर, गोपीबहादुर सार्की अछामी, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा, विष्णुबहादुर विश्वकर्मा र श्रीकृष्णप्रसाद अधिकारीले पनि संयुक्त रूपमा संशोधन राखेका छन् । 

राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने, गोपाल भट्टराई, रुक्मिणी कोइराला र सुमित्रा बिसी तथा पदमबहादुर परियार र विष्णुकुमारी सापकोटा तथा डा अन्जान शाक्यले विधेयकमाथि संशोधन हालेका छन् । 

भन्सार जाँचपास प्रक्रियालाई थप प्रविधिमैत्री र सहज बनाउन तथा नेपाल पक्ष राष्ट्र रहेको क्योटो महासन्धि अनुकूल हुनेगरी भन्सार ऐन संशोधन आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याइएको हो । नेपाल संशोधित क्योटो महासन्धि सम्झौता र विश्व व्यापार संगठनको व्यापार सहजीकरण सम्झौताको पक्ष राष्ट्र हो । यी सम्झौताहरूअनुसार संशोधित क्योटो महासन्धिका प्रावधानहरूमध्ये सामान्य प्रावधानहरू सदस्य भएको तीन वर्षभित्र तथा सङ्क्रमणकालीन मापदण्डहरू पाँच वर्षभित्र कार्यान्वयनमा ल्याइसक्नुपर्ने व्यवस्था उल्लेख छ । 

त्यसैगरी, व्यापार सहजीकरणको लागि भन्सारसँग सम्बन्धित प्रावधानहरू भन्सार ऐन नियमबाट सम्बोधन गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो ।