२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धान चामल आयातमा करिब रु. १७ अर्ब ८२ करोड वृद्धि

अ+ अ-

काठमाडौँ । मुलुकमा धानचामल आयात गत वर्षको तुलनामा करिब रु. १७ अर्ब ८२ करोड वृद्धि भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रु. ३८ अर्ब ९४ करोडको धानचामल आयात गरेकामा गत आवको सोही अवधिमा रु. २१ अर्ब १२ करोड बराबरको आयात गरिएको थियो । 

प्रत्येक महिना औसत रु. तीन अर्बभन्दा धेरैको धानचामलको आयात बढेकाले असार मसान्तसम्म थप रु. तीन अर्ब मूल्यको आयात हुने अनुमान गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । 

भारत सरकारले आफ्ना उद्योगीलाई केही वर्षदेखि निर्यातमा लगाएको कर घटाएका कारण त्यसको नकारात्मक प्रभावले आयात बढी भएको तथा तीन वर्षदेखि ‘बफर स्टक’मा रहेको धानचामल तुलनात्मक रूपमा केही सस्तो मूल्यमा पाइएका कारण पनि नेपालमा आयात बढेको छ ।

मन्त्रालयका अनुसार चालु आवको ११ महिनामा रु. १७ अर्ब ७८ करोड बराबरको चामल आयात भएको तथ्यांक छ । गत वर्ष सो अवधिमा रु. १२ अर्ब ४३ करोडको चामल आयात भएको थियो । बाह्य मुलुकबाट वस्तु स्वदेश आयात वृद्धि हुँदा व्यापारघाटा थप नकारात्मक हुने अनुमान गरिएको छ ।

मन्त्रालयका सूचना अधिकारी जोशीका अनुसार सामान्यतया देशमा वार्षिक करिब ७० लाख मेट्रिक टन धानको माग रहेकामा करिब ६० लाख मेट्रिक टन धान स्वदेशी उत्पादन हुने गरेको छ । करिब १० लाख मेट्रिक टन अपुग धान आयात हुने गरेको छ । स्वदेशी उत्पादनले धानचामलको माग धान्न नसक्दा आपूर्ति सहज बनाउन आयात गरिन्छ । 

कृषि उत्पादनमा वृद्धि गरी आयात प्रतिस्थापन गर्न किसानलाई समयमै मल, बीउ, सिँचाइ सुविधा, अनुदानको व्यवस्थासहित यस क्षेत्रमा नीतिगत सुधार आवश्यक रहेको जानकारहरूले बताउने गरेका छन् ।