२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एमालेसँगको सत्ता सहयात्रा कठिन छैन’-गृहमन्त्री लेखक  

अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँग सत्ता सहकार्यमा समस्या नभएको बताएका छन् । सरकार सञ्चालनमा गम्भीर र अप्ठ्यारो समस्या नभएको लेखकले पार्टी बैठकमा बताए ।

केन्द्रीय समितिको बैठकमा मन्त्री पदमा आफूले गरेका कार्यहरू सुनाउने क्रममा लेखकले एमालेसँग मिलेर २०८४ सालको निर्वाचनसम्म सरकारलाई निरन्तरता रहने बताए ।

लेखकले आफूले मन्त्री पद सम्हालेपछि भएका घटना र मन्त्रालयले गरेका कार्यहरू पार्टी नेताहरूलाई सुनाए । राजावादीहरूको आन्दोलनलाई निस्तेज पारेको उनले बताए ।

‘भोलि नै राजा आउँछन्, पर्सि नै राजाको आन्दोलन सफल हुन्छ भन्ने लगायतका विषयहरूले अहिलेको पद्धतिलाई, संविधानलाई अलिकता कमजोर गर्ने गतिविधिहरू भइराख्या थिए,’ लेखकले भने, ‘केही चुनौतीहरू केही ठाउँमा धार्मिक भड्काइवादी तत्त्वहरू छन् । तिनको खतराप्रति हामी सचेत छौँ ।’

गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफूलाई जोडेर गलत प्रचारबाजी भएको जिकिर गरे ।

‘केही कर्मचारीहरू र केही निजी क्षेत्रका मानिसहरूका माथि अनुसन्धान भइराख्या छ,’ लेखकले बैठकमा भने । अख्तियारले अनुसन्धान प्रारम्भ गर्ने बित्तिकै संलग्न भएको जस्तो गरी आफूविरुद्ध प्रतिशोध राखी राजनीतिक षडयन्त्र गरिएको बताए ।

भिजिट भिसामा मूलतः नीतिगत, कानुनी र संरचनागत सुधारहरू आवश्यक रहेको शंकरदास वैरागी नेतृत्वको छानबिन समितिले अध्ययन गरेर सुझाव दिने बताए ।

वर्तमान सरकार बनेको बेला माइतीघरमा मण्डलामा १७ वटा समूह आन्दोलनमा रहेको र उनीहरू सबैसँग संवाद गरेर समाधान निकालिएको लेखकले दाबी गरे ।

आमाको नाममा नागरिकताका लागि विधेयक पारित गरिएको उपलब्धिका सुनाए ।

‘संविधानले बोलेको अवस्था थियो तर कानुनको अभावमा आमाका नाममा नागरिकता पाउने कुरा सहज, सरल थिएन,’ पार्टी बैठकमा लेखकले भने, ‘नेपाली महिलाबाट जन्मेका सन्तानहरूले आमाकै नामबाट यदि बाबाको पत्ता छैन । बेपत्ता छन् अथवा मृत्यु भएको छ अथवा नागरिकता दिन सहयोग गरेनन् अथवा विदेशी हुन् भनेर फर्केर आफ्नो देशमा गएका छन् भने त्यस्तो सन्तानहरूको नागरिकताको सुनिश्चितता आमाकै नामबाट दिने गरेर प्रतिनिधि सभाबाट भर्खरै कानुन पास भएको छ ।’

सुनको तस्करीको चेन ब्रेक गरिएको लेखकले दाबी गरे ।