२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिलो जननिर्वाचित सांसद दिलबहादुर कुँवर (बूढथापा) स्मृतिग्रन्थ सार्वजनिक

अ+ अ-

काठमाडौँ । वि.सं. २०१५ को पहिलो जननिर्वाचनमा अछाम-बाजुरा (नम्बर-७२) बाट अत्यधिक मतले निर्वाचित दिलबहादुर कुँवर (बूढथापा) को स्मृतिग्रन्थ काठमाडौँमा सार्वजनिक गरिएको छ। नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले एक विशेष समारोहमा यो ग्रन्थ विमोचन गरे।

‘एमपी’ नामले चर्चित कुँवरको जीवनी र योगदान समेटिएको यो स्मृतिग्रन्थ उनका ज्येष्ठ सुपुत्र पूर्वराजदूत बलबहादुर कुँवर र बुहारी शान्ता कुँवर श्रेष्ठले प्रकाशन गरेका हुन्। कार्यक्रममा नेता बडूले सुदूरपश्चिमका दुर्गम जिल्लाहरू डोटी, अछाम र बाजुरामा राजनीतिक, सामाजिक र शैक्षिक चेतना फैलाउन बूढथापाको योगदान अविस्मरणीय रहेको बताए। उनले कुँवरलाई समाज सुधारवादी नेता र आदर्श राजनीतिज्ञको रूपमा स्मरण गरे, जसले सामाजिक विभेद, महिला हिंसा, छुवाछुत र अन्यायविरुद्ध सधैँ अग्रपङ्क्तिमा रहेर पीडितलाई न्याय दिलाए।

२००७ को प्रजातान्त्रिक आन्दोलनका अगुवा बूढथापाले आफ्नै घरमा पाठशाला र अछामको वयालपाटामा हाइस्कूल स्थापना गरेका थिए। वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले उनको योगदान अछामका गाउँ बस्तीमा आज पनि जीवित रहेको उल्लेख गरे। वि.सं. १९६४ असारमा डोटीको श्रीकोट (प्रभा गर्खा) मा जन्मिएका बूढथापाको २०५९ भदौमा कैलालीको धनगढीमा निधन भएको थियो।

यो स्मृतिग्रन्थमा बूढथापालाई नजिकबाट चिनेका ५० लेखकका लेख, विचार र सात शुभकामना सन्देश समावेश छन्। नौ वर्ष सैनिक सेवामा रहेर अवकाश लिएका बूढथापाले गाउँ-गाउँमा पाठशाला स्थापना, गोरेटो बाटो निर्माण, घरेलु हिंसा, हली-खली प्रथा, चर्को ब्याज र जातीय भेदभावविरुद्ध सुधारका काम गरेका थिए।

राणा शासनले अछामलाई टुक्र्याएपछि बूढथापाकै नेतृत्वमा राजा महेन्द्रको सिलगढी भ्रमणका क्रममा विरोध जनाउँदै घोडा रोकेर अछाम एकीकरणको माग गरिएको थियो, जुन सफल भएको सांसद शेरबहादुर कुँवरले स्मरण गरे।