काठमाडौँ । गाडी चालक अनुमति पत्र (लाइसेन्स) प्रणालीमा समस्या आएपछि बन्द भएको सेवा सञ्चालनमा आएको छ ।
यातायात व्यवस्था विभागले दिउँसो सूचना निकालेर सवारी चालक अनुमति पत्र प्रणालीमा समस्या आएकोले सेवा बन्द रहेको जानकारी दिएकोमा समस्या समाधानपछि सेवा नियमित भएको जानकारी गराएको हो ।








