२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बीमा प्राधिकरणले पहिलो पटक ल्यायो नीति तथा कार्यक्रम

अ+ अ-

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले पहिलो पटक नीति तथा कार्यक्रम ल्याएको छ । नीति तथा कार्यक्रममा प्राधिकरणले आगामी आर्थिक वर्षका कार्यक्रम तथा नियामकीय योजना एकीकृत गरेको छ ।

गत वैशाख मसान्तसम्म कुल जनसंख्याको ४७.३९ प्रतिशतमा जीवन बीमा पहुँच पुगेको छ भने ५२.६१ प्रतिशत जनसंख्या बीमा पहुँच बाहिर रहेको प्राधिकरणले जनाएको छ ।

बीमा विस्तारका लागि प्राधिकरणमा हाल कार्यरत १ सय ५८ जना र बीमा कम्पनीमा वैशाख मसान्तसम्म कार्यरत १२ हजार १ सय ६२ कर्मचारीको कार्यक्षमता अभिवृद्धि गर्दै अनुसन्धानमूलक तथा आवश्यकतामा आधारित नवीनतम बीमालेख निर्माण गर्न पहल गरिने प्राधिकरणले जनाएको छ ।

आगामी दिनमा ग्राहक केन्द्रित सेवा र वितरण प्रणाली विकास गर्न तथा बीमा साक्षरतामा जोड दिन आवश्यक रहेको प्राधिकरणले जनाएको छ ।

मोबाइल एप, टेलिम्याटिक्स, इन्स्योरटेक, सुपरटेक लगायत डिजिटल प्रणाली प्रयोग गरी प्रविधिमैत्री बीमा सेवा प्रदान गर्न अपरिहार्य भएको समितिको बुझाइ छ ।

बीमकले प्रविधि प्रयोगद्वारा यथाशीघ्र दाबी भुक्तानी गर्दै बीमा क्षेत्रमा पारदर्शिता र जवाफदेहिता कायम गर्न प्राधिकरणले प्रभावकारी बीमा नियमन तथा सुपरीवेक्षण प्रणाली विकास गर्ने योजना गरेको जनाएको छ ।

चालु आव २०८१/८२ तेस्रो त्रैमाससम्म बीमकहरूको ८ खर्ब ४७ अर्ब १२ करोड लगानी सुरक्षित र प्रभावकारी बनाउँदै बीमकहरूको वित्तीय स्थायित्व, जोखिम व्यवस्थापन तथा बीमित हित संरक्षण गर्न बीमा प्राधिकरणले सक्रिय नियामक निकायको भूमिका निभाउने प्रतिबद्धता जनाएको छ ।

प्राधिकरणले ‘सहज पहुँचयुक्त, विश्वसनीय, सुदृढ र गुणस्तरीय बीमा प्रणालीको विकास’ गर्ने सोचसहित नीति तथा कार्यक्रम ल्याएको जनाएको छ ।

त्यसैगरी प्रतिस्पर्धी विश्वसनीय बीमा प्रणाली विकास एवं विस्तार गरी बीमा क्षेत्रमा थप संस्थागत सुशासन कायम गर्ने लक्ष्य  प्राधिकरणको छ ।

बीमा सेवाको गुणस्तर अभिवृद्धि गरी आधुनिक तथा दिगो बीमा प्रणाली विकास गर्ने उद्देश्य राखेको प्राधिकरण अध्यक्ष शरद ओझाले बताए ।

जीवन, सम्पत्ति तथा दायित्वको जोखिम न्यूनीकरण गर्दै सबल अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याउने तथा बीमा क्षेत्रलाई व्यवस्थित, प्रतिस्पर्धी, विकसित तथा विश्वसनीय बनाउनमा विशेष जोड दिने ओझाको भनाइ छ ।