१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किशोरी अवस्थामै पाठेघरको समस्या

अ+ अ-

अछाम । नेपालको सविधानले २० वर्ष पूरा भएपछि मात्र महिलाको विवाहका लागि कानूनी मान्यता दिएको छ ।

नेपालको सन्दर्भमा यो उमेरका महिला सन्तान जन्माउन पनि शारीरिक रुपमा सक्षम हुन्छन् । तर, पोषिला खानेकुराको अभाव र शारीरिक कमजोरीका कारणले विवाहित र बच्चा जन्माएका आमाको मात्र होइन, अविवाहितको समेत पाठेघर खसेको भेटिन्छ ।

अछामको मेल्लेखकी जमुना साउद यस्तै मध्येकी एक हुन् । भर्खर १८ वर्ष टेकेकी जमुनाको पाठेघर खसेर जटिल अवस्थामा पुगेको छ । अविवाहित साउदको १६ वर्षमै पाठेघर खसेको थियो ।

किशोरीको पाठेघर खसेको थाहा पाएपछि उहाँका परिवारसमेत आश्चर्यमा परेका छन् । जमुना केही समय अघि अछाम जिल्ला अस्पतालमा सञ्चालित शिविरमा शल्यक्रिया गर्ने भन्दै पुग्नुभएको थियो तर, शिविरमा विवाहितको मात्रै शल्यक्रिया हुने भन्दै चिकित्सकले उहॉलाई कोहलपुर मेडिकल कलेजमा जान सल्लाह दिए ।

कोहलपुर मेडिकल कलेजका मेडिकल अधिकृत डा प्रभात रिमाल वंशाणुगत गुण, मांशपेशी कमजोर हुनु, पोषिलो खानेकुरा खान नपाउनु, सानै उमेरमा गरुङ्गो भारी बोक्नुपर्ने जस्ता कारणले अविवाहित किशोरीमा पनि पाठेघर खस्ने समस्या देखिन सक्ने बताउँछन् ।

“हुन त किशोरी अवस्थामा नै पाठेघर खस्ने सम्भावना धेरै कम हुन्छ । बरु, यस्ता कमजोर शारीरिक अवस्थाका किशोरी आमा हुँदा छिटै पाठेघर खस्ने समस्याबाट पीडित हुनसक्छन,” उहॉले भन्नुभयो । जमुनालाई कोहलपुर जान डा. प्रभातले नै सुझाव दिएका थिए ।

यस्तै मध्येकी एक मंगलसेनकी २१ बर्षिया धनसरा विकलाई पनि पाठेघर फाल्नुपर्ने बाध्यता आइलाग्यो । कारण, उनको पाठेघर खसेर तेस्रो चरण अर्थात अन्तिम अवस्थामा पुगेको छ । १५ वर्षको उमेरमै बिहे गरेकी धनसराले तीन सन्तानलाई जन्म दिई सेकेकी छिन् । तीनवटै सन्तान गाउँमै सुँडेनीको सहायताले जन्मिएका हुन् ।

पहिलो सन्तान जन्मने बित्तिकै पाठेघर केहि तल आएको महशुस गर्नु भएको थियो । तर, त्यतिखेर उनले यसबारे कसैलाई भन्न सक्नु भएन । दोस्रो र तेस्रो सन्तान जन्माउँदासम्म उनको पाठेघर पुरै बाहिर आइसकेको थियो । बिस्तारै उनलाई हिडडुल गर्न समेत समस्यामा पर्न थाल्यो । पछि जिल्ला अस्पताल अछाममा जचाउँदा चिकित्सकले उनलाई शल्यक्रिया गर्न सुझाब दिएको थियो। तर, चिकित्सकसँग श्रीमान् आएपछि मात्रै उपचार गर्ने बताउँदै उनी उपचार बिना नै घर पर्किइन् ।

‘के कारणले यस्तो भयो भनेर मनमनै धेरै कुरा सोचें तर केही भेउ पाइँन । डाक्टरलाई सोध्दा, पोषिलो खानपिन र आरामको अभावले पो खसेको भने’, धनसराले भनिन, ‘घर, मेलापातको सबै काम गर्नैपर्यो, सुत्केरी भनेर आराम त पाइन्न, कहाँबाट पोषिलो खान पाउनु ?’ विशेषगरी धेरै बच्चालाई जन्म दिँदा, कम उमेरमै बच्चा जन्माउँदा, जन्मान्तर कम हुँदा तथा गर्भवती र सुत्केरी अवस्थामा पोषिलो खानेकुरा र आरामको अभाव जस्ता विभिन्न कारणले प्रायः विवाहित महिलामा पाठेघर खस्ने समस्या अत्याधिक देखिए पनि अविवाहितमा पनि यस्तो समस्या देखिन सक्ने चिकित्सकहरु बताउँछन् । तर, यौन सम्बन्धी यस्ता समस्या लुकाउने प्रवृति व्यापक रहेकोले, यस्तोमा अविवाहित महिलालाई खुलेर आउन निकै मुश्किल देखिन्छ ।

चिकित्सकका अनुसार ‘लाजका कारण र समाजले अनेक लाञ्छना लगाउने आशंकाले अविवाहित युवती समस्या भएपनि खुलेर आउँदैनन् ।’ सुदूर र मध्यपश्चिमका विभिन्न जिल्लामा पाठेघर शल्यक्रियाको शिविर संचालन गर्दा ६-७ अविवाहित किशोरीमा पाठेघर खसेको भेटिएको थियो ।

चिकित्सकको बुझाइमा पाठेघर खसेका महिलाको संख्या ४० वर्ष उमेर समूह भन्दा माथिका धेरै देखिनुको कारण लामो समयसम्म समस्या लुकाएर बस्नु हो ।

यसैले, अधिकांश गाउँमा ४० वर्ष उमेर कटेका महिलामा यो समस्या देखिए पनि खोज्दै जाँदा ३० वर्ष नकटेका महिलामा समेत पाठेघर खसेको भेटिन्छ । जिल्ला स्वास्थ्य कार्यालय अछामको एक तथ्याङ्क अनुसार पाठेघर खसेर शल्यक्रिया नै गर्नुपर्ने अवस्थाका ३० वर्ष मुनिका ६ महिला भेटिएका छन् ।

पाठेघर खसेपनि लुकाएर बस्ने प्रवृतिका कारण उपचार हुनसक्ने युवा महिलाका समस्या पनि जटिल बनिरहेको देखिन्छ । यसले पछिल्लो पुस्ताका महिलालाई समेत पीडामा बाँच्न बाध्य भएका देखिन्छन् । केहि महिना पहिले शिविरमा पाठेघरको शल्यक्रिया गरेकी कमलबजार नगरपालिकाकी ३० बर्षिया जौला बिष्टले पनि समयमै उपचार नपाउँदा पाठेघर नै फाल्नुपरेको थियो । पाँच सन्तानकी आमा विष्टको अन्तिम बच्चा जन्मेको केही समयपछि पाठेघर खसेको थियो । तर, समस्या लुकाउँदा उनले दुई वर्ष पीडामा बिताउनुपर्यो ।

जौलाले भन्नुभयो, ‘उठबस गर्न, हिँडडुल गर्न र गह्रौं भारी उठाउँदा सारै पीडा हुन थालेपछि मात्र स्वास्थ्यकर्मीलाई भनेकी हुँ ।’ कतिपय गाउँ समाजमा देवी देउता रिसाएका कारण पाठेघर खसेको हो भन्ने गलत मान्यता व्याप्त रहेकाले पनि यसलाई लुकाएर बस्ने गरेको जनस्वास्थ्य निरिक्षक झपट ढंगानाले बताउनु भयो । ‘कम उमेरमै पाठेघर खसे पनि समस्या लुकाएर बस्दा ढिलो मात्र थाहा हुन्छ’ ढुंगानाले भन्नुभयो, ‘पछिल्लो समय समाजमा यसबारे चेतना बढ्दै गएपछि महिलाहरु खुल्न त थालेका छन, तर अझैपनि धेरै महिला अरुले थाहा पाउने डरले समस्या लुकाएरै बसेका छन् ।

अहिले सम्म एक हजार भन्दा बढीको पाठेघर खसेका महिलाहरुको अप्रेशन गरिएको छ ।’ अछाममा ५ देखि १० प्रतिशत महिलाहरुमा पाठेघर सम्बन्धी समस्या रहेको जिल्ला स्वास्थ कार्यालयले जनाएको छ ।

लाज अवहेलना,कतिलाई पतिको दोस्रो बिहे गर्ने त्रास,घरायसी कामको चाप,चेतनाको कमी बच्चाको स्याहार सुसारका समस्यालगायतले महिलाले पाठेघरको समस्या लुकाउने गरेको स्वास्थ्यकर्मीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस