२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पञ्चशीलका सिद्धान्तमा आधारित हाम्रो सम्बन्ध अतुलनीय छ’-प्रधान सेनापति सिग्देल

अ+ अ-

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल-सम्बन्ध अतुलनीय रहेको जनाउँदै नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सम्बन्ध पनि उत्तिकै सुमधुर रहेको बताएका छन् । 

जनमुक्ति सेना स्थापनाको ९८औँ वार्षिकोत्सवका अवसरमा आज यहाँस्थित चिनियाँ दूतावासका सैनिक सहचारी ल्यु चङजङले आयोजना गरेको स्वागत समारोहमा उनले कोभिड महामारी र भूकम्पपछिको पुनर्निर्माणमा जनमुक्ति सेनाले गरेको सहयोग नेपाली सेनाले सदैव सम्झने बताए । 

विपद् व्यवस्थापन र उद्धारमा जनमुक्ति सेनाका माध्यमबाट चीन सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै प्रधानसेनापति सिग्देलले जनमुक्ति सेना र नेपाली सेनाबीच संयुक्त सैन्यअभ्यासका साथै अन्य पारस्परिक हित र चासोका साझा विषयमा सधैँ सहकार्य भइरहेको बताए । 

नेपालका लागि चीनका राजदूत छन सङले जनमुक्ति सेना प्रभुत्ववादविरुद्ध रहेको चर्चा गर्दै शान्ति र साझा भविष्य निर्माणलाई नै मूल मन्त्र मानेर  आफ्नो देशको फौजले काम गरिरहेको बताए । 

राष्ट्रपति सी चीनफिङको सबल नेतृत्वमा जनमुक्ति सेनाले विश्वशान्ति र विकासका खातिर अन्तरराष्ट्रिय क्षेत्रमा पनि पूर्ण प्रतिबद्धताका साथ काम गरिरहेको बताउँदै उनले नेपालसँगको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ तुल्याउन आफू क्रियाशील रहेको दोहोर्‍याएका छन्। 

चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको सन्दर्भमा यो वर्ष दुवै देशका शीर्ष नेतृत्वको अगुवाइमा सहकार्य, साझेदारी र सहयोग आदानप्रदानका कार्यक्रम कार्यान्वयन भइरहेका चिनियाँ राजदूतले बताए ।

सैनिक सहचारी ल्युले संयुक्त राष्ट्रसंघको आह्वानमा जनमुक्ति सेनाले द्वन्द्वग्रस्त विश्वका विभिन्न मुलुकमा काम गरिरहेको बताउँदै अन्तरराष्ट्रिय सुरक्षा र मानवीय सहयोगलाई पनि सेनाले समान प्राथमिकता दिएको जानकारी दिए ।