१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक शिक्षकको भरमा विद्यालय सञ्चालन

अ+ अ-

महोत्तरी । महोत्तरीको गौशाला–१० स्थित राष्ट्रिय मावि बहादुरगञ्ज वर्षौंदेखि एकजना शिक्षकको भरमा सञ्चालन भइ रहेको छ । वर्षौं पहिले स्थापना भएको सो विद्यालय एकजना मावि तहका शिक्षकको भरमा सञ्चालनमा रहँदै आएको छ ।

कक्षा १० सम्म पढाइ हुने सो विद्यालयमा एकमात्र प्रधानाध्यापक शुभकरण यादव मावि तहका शिक्षक हुन् । विद्यालयमा निमावि तहका कुनै पनि शिक्षक छैनन् । प्रावि तहमा रहेको तीन दरबन्दी, दुई राहत, दुई बालविकास र एक कार्यालय सहयोगी गरी नौजना शिक्षकको भरमा विद्यालय सञ्चालन रहँदै आएको छ । जसका कारण पठनपाठन प्रभावित हुनाका साथै विद्यालयमा कार्यसम्पादन गर्नका लागि कठिनाइ हुँदै आएको विद्यालय स्रोतले जनाएको छ । विद्यालयमा कम्प्युटर कक्षा अहिलेसम्म पनि सञ्चालन हुन नसकेको विद्यार्थीले बताएका छन् ।

विद्यालयमा कम्प्युटरको व्यवस्था भए तापनि शिक्षकको अभावका कारण पठनपाठन हुन नसकेको प्रधानाध्यापक शुभकरण यादवले स्वीकार गरे । उनले आफूले यस सम्बन्धमा स्थानीय सरोकारवाला निकाय, जिल्ला शिक्षा कार्यालय महोत्तरी र शिक्षासँग सम्बन्धित हरेक निकायमा ध्यानाकर्षण गराउँदासमेत कहीँकतैबाट कुनै किसिमको सुनुवाइ वा पहलकदमी हुन नसकेको गुनासो गरे ।

यस सम्बन्धमा नगर शिक्षा समितिका सदस्यसमेत रहेको गौशाला नगरपालिका–१० का वडाध्यक्ष शेख जलिलले अबको केही दिनमै नगरपालिकाले गर्ने शिक्षक दरबन्दी मिलानमा सो विद्यालयले पहिलो प्राथमिकता पाउने बताए । गौशाला नगरपालिकामा शिक्षा संयोजक गणेश महतो कार्यालयमा लामो समयदेखि उपस्थित नभएपछि यहाँका शैक्षिक गतिविधि प्रभावित हुँदै आएको नगरपालिकाको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस