१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बर्डफ्लु संकटग्रस्त क्षेत्रमा जनस्वास्थ्यको टोली

अ+ अ-

चितवन । कुखुरामा बर्डफ्लु प्रमाणित भएपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएको क्षेत्रमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले मानव स्वास्थ्यका बारेमा अनुगमन थालेको छ ।

पूर्वी चितवनको खैरहनी नगरपालिका– ९ सुर्तनीमा महाशाखाका डा हेमन्त ओझाको नेतृत्वमा आएको पाँच जनाको प्राविधिक टोलीले त्यहाँका बासिन्दाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन शुरु गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजयकुमार झाका अनुसार शनिबार जिल्ला आइपुगेको टोलीले आज बिहानदेखि रगतको नमूनासमेत लिन शुरु गरेको छ । मानिसमा हालसम्म बर्डफ्लुको संक्रमण देखिएको छैन भन्दै उहाँले सर्नसक्ने भएकाले उच्च सतर्कताका लागि आग्रह गरिएको बताए ।

बर्डफ्लु हुँदा देखिने भाइरस मानिसमा पनि सर्नसक्ने हुन्छ । प्राविधिक टोलीले पक्षी र पक्षीजन्य पदार्थ नष्ट के कसरी भएको छ भन्ने जानकारी पनि लिएको झाले बताए ।

यसैबीच बर्डफ्लु प्रभावित क्षेत्रमा कुखुरा मार्न रोकेका व्यवसायी कुखुरा मार्न राजी भएपछि काम शुरु भएको छ । शनिबार बिहान त्यहाँका दुई खोरमा कुखुरा मार्दामार्दै उनीहरुले कुखुरा मार्न छुट्याइएको चार किल्ला व्यावहारिक छैन भन्दै कुखुरा मार्न रोकेका थिए ।

प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले किसान, व्यवसायी र सरकारी प्राविधिक टोलीबीच छलफलपछि कुखुरा पुनः मार्न र कुखुराजन्य पदार्थ नष्ट गर्न थालिएको बताए । सो क्षेत्रमा रहेका कुखुरा र कुखुराजन्य पदार्थ नष्ट गर्ने काम अन्तिम चरणमा पुगेको उनले बताए ।

जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा चेतनारायण खरेलका अनुसार केन्द्रबाट आएको प्राविधिक टोलीले बर्डफ्लु प्रमाणित भएका खोरबाट उत्तरमा राजमार्ग, दक्षिणमा पुरानो राजमार्ग, पूर्वमा सुर्तनीको कच्ची बाटो र पश्चिममा पर्सा बजारसम्मको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सुर्तनीका किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु प्रमाणित भएको छ । नेपालको सीमा क्षेत्र भारतमा यस वर्ष पनि बर्डफ्लु देखा परेपछि नेपालमा उच्च सतर्कता अपनाइएको भए पनि बर्डफ्लु देखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस