२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जैविक विविधता बढाउन वृक्षारोपण अभियान

अ+ अ-

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका-१ स्थित बन्दीपुर सब डिभिजन वन कार्यालयले विभिन्न जातका ९९ हजार ५०० रुखका बिरुवा उत्पादन गरेको छ। रुख रोपेर हरियाली बढाउने उद्देश्यले उत्पादन गरिएका यी बिरुवा नि:शुल्क वितरण तथा वनजङ्गल क्षेत्रमा रोपण गर्न प्रयोग गरिने जनाइएको छ ।

सब डिभिजन वन कार्यालयका प्रमुख तथा वन अधिकृत रामकेवल रायका अनुसार महोगनी, टिक, खयर, अमला, गुलमोहर, अर्जुन, शनि, तेजपात, गम्हाइर, सरिफा, जामुन, इपिल–इपिल, बकाइन, बयर, लिची, बरो, टाकीलगायत प्रजातिका बिरुवा उत्पादन गरिएको हो । यो कार्यक्रम संघीय सरकारअन्तर्गतको राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रम, प्रदेश सरकार तथा चुरे जलवायु उत्थानशील चुरे कार्यक्रमअन्तर्गत सञ्चालित भएको हो ।

स्थानीय नगरपालिका, गाउँपालिका तथा वन क्षेत्रलाई हराभरा र वातावरणमैत्री बनाउन यस वर्ष पनि कार्यालयले हजारौँ बिरुवा उत्पादन गरेको वन अधिकृत रायले बताए । उनले भने, “स्थानीय बासिन्दालाई नि:शुल्क वितरण तथा वनजङ्गल क्षेत्रमा रोप्नका लागि यी बिरुवा तयार गरिएको हो ।” 

उत्पादित बिरुवा डिभिजन वन कार्यालय लहान र क्षेत्रीय वन निर्देशनालयबाट निरीक्षण तथा पास भएपछि मात्र सम्बन्धित पालिकामार्फत वितरण गरिनेछ । बाँकी रहेका बिरुवा भने प्रत्यक्ष रूपमा वनजङ्गल क्षेत्रमा वृक्षारोपण गरिने वन अधिकृत रायले जानकारी दिए ।

वन कार्यालयले हरेक वर्ष यस्ता बिरुवा उत्पादन गरी नि:शुल्क वितरण गर्दै आएको छ । वातावरण संरक्षण र जैविक विविधता बढाउने उद्देश्यले यस्ता कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको वन कार्यालयको भनाइ छ ।