२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बर्दिवासमा आन्तरिक राजस्व कार्यालय सञ्चालन

अ+ अ-

काठमाडौँ । करदाता सेवा कार्यालय बर्दिबासमा थप सेवासहित आन्तरिक राजस्व कार्यालयका रूपमा सञ्चालनमा आएको छ ।

महोत्तरीको बर्दिबास, गौशाला, धनुषाको मिथिला नगरपालिका क्षेत्रलाई करदाता सेवा पुर्‍याउँदै आएको कार्यालयले बिहीबारबाट आन्तरिक राजस्व कार्यालयका रूपमा आफ्नो सेवा सुरु गरेको हो ।

करदाता सेवा कार्यालय रहँदा कर संकलन मात्र गर्दै आएको कार्यालयले आन्तरिक राजस्व कार्यालय बनेसँगै सेवा क्षेत्रमा कर परीक्षण, निरीक्षण र अनुसन्धानात्मक कार्य लगायतका सेवा दिने कार्यालयले जनाएको छ ।

यसअघि दुई जिल्लाका पालिकाले सेवा पाइरहेका भए पनि अब कार्यालयको कार्यक्षेत्रमा सर्लाही र सिन्धुलीसमेत थप भएको बताइएको छ ।

सर्लाहीको हरिवन, लालबन्दी, मलंगवा, सिन्धुली, धनुषाको मिथिला र महोत्तरीको बर्दिबास, गौशाला लगायतका उद्योग वाणिज्य संघका अध्यक्षहरूले आन्तरिक राजस्व कार्यालय स्थापनाले व्यवसायीलाई सहजता र हित हुने बताएका छन् ।

बर्दिवाससहित पायक पर्ने स्थानका व्यवसायी तथा सरोकारवालालाई सेवा सहजताका लागि गरिएको पहल सार्थक भएको भन्दै उद्योग वाणिज्य संघ बर्दिबासका अध्यक्ष विष्णुबहादुर खड्काले आगामी दिनमा कार्यालयले दिने सेवा पनि छिटोछरितो बनाउन आग्रह गरेका छन् ।

बर्दिबासको मुख्य बजार क्षेत्रमा भाडाको घरमा सञ्चालित कार्यालय हाल बर्दिबास १४ स्थित आफ्नै जग्गामा अत्याधुनिक सेवासुविधासहित भवन निर्माण गरिरहेको कार्यालयले जनाएको छ ।

आन्तरिक राजस्व कार्यालय जनकपुरधामका प्रमुख कर अधिकृत आनन्दकुमार गुप्ताले थप सेवा सहितका आन्तरिक राजस्व कार्यालयको उद्घाटन गरेसँगै बिहीबारबाटै कार्यालय सञ्चालनमा आएको हो ।