२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यो साता ५ प्रतिशत बढ्यो बजार

अ+ अ-

काठमाडौँ । यो साता सेयर बजार ५.०८ प्रतिशत अर्थात् १३९ अंक बढेको छ । गत साता २७३१ मा बन्द भएको बजार यो साता २८७० अंकमा रहेर बन्द भयो ।

सातामा ५ दिन कारोबार हुँदा एक दिन घट्यो भने ४ दिन बढ्यो । यतिबेला बजार ४ महिना (फागुन १९) यताकै उच्च विन्दुमा छ । असारको मध्य (१५ गते)बाटै बजारले वृद्धिको रफ्तार समातेको छ ।

पहिलो दिन आइतबार २९ अंक बढेको बजार सोमबार ३५ अंक घट्यो । मंगलबार फेरि ३४.४६ अंक बढेको बजार बुधबार ३४.६१ र बिहीबार ७५.८४ बढ्यो ।

आइतबार ११ अर्ब ४१ करोडको कारोबार भयो । सोमबार ८ अर्ब १७ करोड, मंगलबार ९ अर्ब ४१ करोड, बुधबार १४ अर्ब ३ करोड र बिहीबार १६ अर्ब ५९ करोडको कारोबार भयो । बिहीबारको कारोबार रकम करिब ११ महिना (१९ भदौ)यताकै उच्च हो ।

गत साताको अन्तिम दिन सेयर बजारका लागि अनुकूल मौद्रिक नीति सार्वजनिक भएसँगै यो साता बजारमा उत्साह देखियो । त्यस्तै साउनका लागि बैंकहरुले ब्याजदर थप घटाएर सार्वजनिक गरेपछि पहिलो दिन नै ७५ अंकको वृद्धि देखिएको छ ।