२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रयाक खुलेको ३३ वर्षपछि सडक कालोपत्र

अ+ अ-

गोरखा । गोरखा नगरपालिकास्थित मझुवा-बैटारी-हटिया सडकखण्डमा ट्रयाक खुलेको ३३ वर्षपछि कालोपत्रको काम सुरु भएको छ । उक्त नगरपालिका-१३ देउराली र पालुङटार नगरपालिका-८, रातमाटे जोड्ने  सडकखण्डमध्ये जैकोटदेखि घोरथुम्कासम्म सडक कालोपत्र सम्पन्न छ । 

गोरखा-१३ की वडाध्यक्ष मित्रा परियारले साना सहरी विकास कार्यालय कास्कीबाट विनियोजित बजेटमार्फत यहाँ चार सय मिटर सडक कालोपत्रको काम करिब सम्पन्न भएको बताइन्। उनले भनिन्, ‘‘वडा नं १३ मा पहिलो पटक वडाभित्र सडक कालोपत्र देख्न पाइएको छ । विसं २०४९ मा ट्रयाक खुलेको यस सडकको स्तरोन्नति भएको देख्न ३३ वर्ष कुर्नु पर्‍यो।”

ठेकेदार कम्पनी चिराग कन्ट्रक्सनका सञ्चालक लक्ष्मण श्रेष्ठले चार सय मिटर सडक कालोपत्र, ७५ मिटर ढलान र पाँच सय मिटर नाला निर्माणको काम सम्पन्न भएको बताए । उक्त सडक खण्ड निर्माणका लागि ठेकेदार कम्पनीले रु. ६६ लाख ३५ हजार नौ सय ३९ मा ठेक्का सम्झौता गरेको थियो ।

पृथ्वी राजमार्गअन्तर्गत पर्ने गोरखा-आँबुखैरनी सडकखण्डसँग जोडिए पनि लामो समयसम्म स्तरोन्नति नहुँदा त्यस क्षेत्रका बासिन्दले आवातजातवमा कठिनाइ भाग्दै आएका छन् । यो सडकखण्ड मझुवा चौकी, दराई गाउँ, जैकोट, सातदोबाटे, बैटारी हुँदै पालुङटार नगरपालिकासँग जोड्ने प्रमुख सडक हो ।

स्थानीयवासी  विक्रम मल्लले कालोपत्रको काम अघि बढेसँगै सडकले बिस्तारै मुहार फेर्दै गएको र  यसले स्थानीय उत्साहित भएका बताए । “अब गाउँमा उत्पादित कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउन पनि सहज हुनेछ । गाउँमा दैनिक उपभोग्य ल्याउन पनि राहत मिल्नेछ । यो हाम्रो वर्षौदेखिको सपना हो, जो पुरा हुँदैछ”, उनले भने । 

सोही सडक खण्डअन्तर्गत मझुवाचौकीदेखि दराई गाउँसम्म रु. एक करोड बजेटबाट काम भइरहेको छ भने दराई गाउँदेखि जैकोटसम्म पनि रु. चार करोड बजेट विनियोजन भएर काम अघि बढिरहेको नगरपालिकाले जनाएको छ ।