२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको अनुरोध: “अत्यावश्यक बाहेक यात्रा नगर्नुहोस्, सुरक्षित स्थानमा रहनुहोस्”

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका विभिन्न स्थानहरूमा सम्भावित भारी वर्षाको जोखिमलाई मध्यनजर गर्दै नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्। आज बिहान आफ्नो फेसबुकमार्फत मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै प्रधानमन्त्री ओलीले सावधानी अपनाउन आग्रह गरेका हुन्।

प्रधानमन्त्रीले लेखेका छन्, “शुभ बिहानी ! मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। मौसमजन्य विपद्‌बाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौं। अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु। सुरक्षाकर्मीहरुलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन गर्दछु।”

प्रधानमन्त्रीको यो सन्देशसँगै मौसम विज्ञान विभागले पनि आज साउन ४ गते देशका विभिन्न भागहरूमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सतर्क रहन अनुरोध गरेको छ। विभागका अनुसार सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका थुप्रै स्थानहरूमा मेघगर्जन, चट्याङसहित ठूलो वर्षाको सम्भावना रहेको छ।

कतिपय क्षेत्रमा बाढी, डुबान तथा पहिरोको जोखिम पनि रहेको विभागले जनाएको छ। त्यसैले स्थानीयवासीहरूलाई सतर्कता अपनाउन, आवश्यक परे सुरक्षित स्थानमा बस्न, तथा जोखिमयुक्त क्षेत्रमा नजान अनुरोध गरिएको छ।

प्रधानमन्त्रीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिँदै, विपद् व्यवस्थापनमा सक्रिय हुनसमेत भनेका छन्। हाल देशका विभिन्न स्थानहरूमा लगातार वर्षा भइरहेको सन्दर्भमा सरकार, सुरक्षानिकाय, स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरूलाई थप सतर्कता अपनाउन भनिएको छ।