२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाल्पामा १७ जनाले लिए गैरआवासीय नागरिकता

अ+ अ-

पाल्पा । पाल्पाबाट एक वर्षमा १७ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १७ जनाको गैरआवासीय नेपाली नागरिकता जारी गरिएको हो । उनका अनुसार ‘नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८०’ लागू भएपछि गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्रको नयाँ व्यवस्था सुरु भएको थियो ।

“सम्बन्धित वडाको सिफारिससहितको निवेदन, नेपाली नागरिकता त्याग गरेको प्रमाण/नेपाली नागरिकताको प्रमाणपत्र, विदेशी मुलुकको नागरिकता वा नागरिक भएको प्रमाण, हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपिसहितका कागजात पेस गरेमा सम्बन्धित प्रशासन कार्यालयबाट गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था अनुसार गैरआवासीय नेपाली नागरिकता प्रदान गरिएको हो”, प्रजिअ सुवेदीले भने ।

गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्रको हकमा राजनीतिक तथा प्रशासनिक अधिकारबाहेक सम्पूर्ण अधिकार प्रयोग गर्न पाउने व्यवस्था रहेको उनले जानकारी दिए । उनले भने, “गैरआवासीय नागरिकताको बारेमा चासो राख्दै विदेशमा रहेका नेपाली तथा उहाँहरूका आफन्त कार्यालयमा आउने गर्नुभएको छ ।”

प्रजिअ सुवेदीका अनुसार यो नागरिकता लिन वडाको सिफारिस लिई अनुसूचीमा उल्लेखित फाराम भरी प्रमुख जिल्ला अधिकारीबाट शपथग्रहण गर्नुपर्ने व्यवस्था छ । “नेपाली नागरिकता त्याग गर्नुपर्छ । तोकिएको ढाँचामा फाराम भरेपछि गैरआवासीय नेपाली नागरिकता जारी हुन्छ । अरूको नागरिकताको किसिममा वंशज हुन्छ भने एनआरएनएको हकमा गैरआवासीय नेपाली लेखिन्छ”, उनले भने । नागरिकता सार्क मुलुकबाहेकका गैरआवासीय नेपालीले पाउँदै आएका उनले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय पाल्पा र इलाका प्रशासन कार्यालय रामपुरबाट एक आर्थिक वर्षमा १८ हजार नौ सय ६२ वटा वंशजका आधारमा नागरिकता जारी भएका प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए । उनले यी दुई कार्यालयबाट छ हजार ९९८ वटा नागरिकता प्रमाणपत्रको प्रतिलिपि जारी भएका जनाउँदै जिल्ला प्रशासनबाट १७ जनाले नागरिकता त्याग गरेका र १२ जनाले वैवाहिक अंगिकृत नागरिकता लिएका उल्लेख गरे ।

झापामा ६२ जनाले त्यागे नेपाली नागरिकता
झापामा पछिल्लो एक वर्षको अवधिमा ६२ जनाले नेपाली नागरिकता परित्याग गरी गैरआवासीय नागरिकता लिएका जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँले जानकारी दिए ।

उनका अनुसार सोही अवधिमा कार्यालयले वंशजका आधारमा २२ हजार ४० र वैवाहिक अंगीकृत छ सय ७५ वटा नागरिकता वितरण गरेको छ । साथै कार्यालयबाट २२ हजार चार सय ५५ जनाले नागरिकताको प्रतिलिपि लिएका उनले बताए ।

गत आवमा २२ हजार ४३२ वटा राहदानी वितरण गरिएको कार्यालयले जनाएको छ । सात सय ८९ वटा नाबालक परिचयपत्र प्रदान गरिएको जनाउँदै सूचना अधिकारी प्रसाईँले सोही अवधिमा पारिवारिक पेन्सन, शपथ पत्र र हलपहलसम्बन्धी सिफारिस दुई सय ६२ वटा, संस्था दर्ता ७८ र राष्ट्रिय परिचयपत्रका लागि एक लाख सात हजार ७२ जनाको लागि विवरण संकलन भएको बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईँका अनुसार हालसम्म तीन लाख ५५ हजार पाँच वटा राष्ट्रिय परिचयपत्र वितरण भएको छ । कार्यालयले विपद् पीडित १९ जना (पाँच जना मृतकसहित) लाई रु. एक करोड १९ लाख ९० हजार राहत वितरण गरेको छ भने एक सय नौ वटा हतियार नवीकरण गरेको छ ।

अभद्र व्यवहारसम्बन्धी २७, सवारी ज्यान क्षतिपूर्तिसम्बन्धी १८ र गलत अफवाहसम्बन्धी एउटा मुद्दा फर्छ्यौट गरेको कार्यालयले जनाएको छ । सोही अवधिमा रु. ११ करोड २१ लाख २८ हजार २२६ राजस्व संकलन भएको सूचना अधिकारी प्रसाईँले जानकारी दिए ।