२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरा विमानस्थल सञ्चालनका सम्बन्धमा होटेल संघद्वारा अर्थमन्त्री र युएईका राजदूतसँग भेट

अ+ अ-

काठमाडौँ । पोखरा अन्तरराष्ट्रिय विमानस्थलको यथोचित सञ्चालनका लागि होटेल संघ पोखरा नेपालको टोलीले आज अर्थमन्त्री र युएईका राजदूतसँग छुट्टाछुट्टै भेट गरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणअघि संघको टोलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत प्रधानमन्त्रीलाई भारतका विभिन्न सहरबाट पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा सिधा उडानको पहलका लागि आग्रह गरेको हो । 

भेटमा अर्थमन्त्री पौडेलले पोखरा र भैरहवाको नयाँ विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालनका लागि आफूले सक्दो पहल गर्ने बताएको होटेल संघ नेपालका केन्द्रीय सदस्य एवं होटेल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले जानकारी दिए।

अर्थमन्त्रीले भेटको क्रममा पोखरा नयाँ पुल सुरुङमार्ग शिलान्यास हुने क्रममा रहेको जानकारी गराएको थियो । उक्त मार्गको डिपिआर तयार भइसकेको र चालु आर्थिक वर्षको बजेटमा केही रकम समेत छुटिएको जानकारी मन्त्री पौडेलले गराएका थिए ।

भेटमा अर्थमन्त्री पौडेलसँग चालु बजेटमा व्यवस्था गरिएको पर्यटन क्षेत्रलाई अन्य उद्योग सरहको सुविधाको व्यवस्थालाई कार्यान्वयन तहमा पुर्‍याउनसमेत आग्रह गरिएको थियो । नारायणगढ-बुटवल सडक र स्तरोन्नतिको अन्तिम चरणमा रहेको पोखरा मुग्लिन सडकको निर्माण कार्यलाई तीव्रता दिन मन्त्री पौडेलसँग संघको टोलीले आग्रह गरेको थियो ।

यसैगरी संघको टोलीले काठमाडौँस्थित संयुक्त अरब इमिरेट्स् (युएई) का राजदूत अब्दुल्ला सइद मुवारकसँग भेट गरी पोखरा–दुबई सिधा हवाई सम्पर्कका लागि पहल गरिदिन आग्रह गरेको थियो ।

भेटमा राजदूत अब्दुल्लाले पोखरा दुबई उडानका लागि आफूले फ्लाइ दुबईसँग कुरा राख्ने आश्वासन दिएको होटेल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। 

पोखराको पर्यटन प्रवर्द्धन गर्ने र दुबईबाट पोखराको पर्यटन क्षेत्रमा लगानी भित्र्याउने विषयमा राजदूत सकारात्मक रहेको अध्यक्ष सुवेदीले बताए ।