काठमाडौँ । सभामुख देवराज घिमिरे जेनेभा प्रस्थान गरेका छन् ।
अन्तर व्यवस्थापिका संघ र संयुक्त राष्ट्रसंघद्वारा संयुक्त रूपमा आयोजित संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा सहभागी हुन सभामुख घिमिरे जेनेभा प्रस्थान गरेका हुन ।
सभामुख घिमिरे तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार साँझ जेनेभा प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।







