काठमाडौँ । कञ्चनपुरमा तास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-१५ का ४४ वर्षीय धीरेन्द्रसिंह कठायत क्षेत्रीसहितका व्यक्तिहरू छन् ।
भीमदत्त-१८ स्थित एउटा टहरामा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार साँझ उनीहरूलाई नेपाल प्रहरीले पक्राउ गरेको हो ।नगद २० हजार ९३५ रुपैयाँ र दुई गड्डी ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हाल उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।







