२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जंगली जनावरको आतंकले खेतबारीमै बास

अ+ अ-

बैतडी । जंगली जनावरले मकै बालीलगायतका बालीनाली र तरकारी सखाप पार्न थालेपछि यहाँका किसानहरूको बास खेतबारीमै हुन थालेको छ ।

बँदेल, दुम्सी, बाँदर, भालुले अन्नबाली नष्ट गर्न थालेपछि किसानहरू चिन्तित बनेका हुन् । जिल्लाका १० वटै स्थानीय तहमा जंगली बँदेलले मकै बालीमा क्षति पुर्‍याउने  गरेको छ । दोगडाकेदार गाउँपालिकामा जंगली बँदेलले मकै बाली नष्ट गरेर हैरान बनाएको स्थानीय चन्द्रसिंह विष्टले बताए। मकै बाली जोगाउन रातदिन बारीमै बास बस्दै आएको उनको भनाइ छ । 

उनले भने, “रातदिन जाग्राम बस्दासमेत मकै बाली जोगाउन मुस्किल भएको छ । खेतबारीमा टहरा बनाएर पहरा दिँदा मकै बाली जोगाउन सकिएको छैन ।” भर्खरै घोगा लाग्न लागेको मकै बाली बँदेलले नष्ट गर्न थालेपछि किसानहरूमा भोकमरी हुने चिन्ता छाएको पुर्चौडी नगरपालिकाका पुरनसिंह ऐरले बताए। 

बैतडी मकै उत्पादन हुने जिल्ला भएकाले यहाँको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, सूर्नया गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा मकै जोन कार्यक्रम सञ्चालनमा छ । 

ती स्थानीय तहमा किसानलाई मकै बाली जोगाउन धौ–धौ परेको मकै जोन कार्यालयकी नायब प्राविधिक सहायक भावना भट्टले बताइन् । हरेक वर्ष मकै बालीमा जंगली जनावरले क्षति पुर्‍याउने गरेको पञ्चेश्वर गाउँपालिका-०४ का किसान रामदत्त भट्टले बताइन् । उनले भनिन्, “मकै जोगाउन खेतमा टहरा बनाएर बस्दा जंगली बँदेलले मकै बाली नष्ट गर्ने गरेको छ । रातभरि जाग्राम बस्दासमेत मकै बाली जोगाउन धौ-धौ परेको छ । हरेक वर्ष मकै बाली जोगाउन दुई महिना अनिदो बस्नुपर्छ ।”

बैतडीमा १२ हजार एक सय हेक्टरमा मकै खेती गरिन्छ । जंगली जनावरकै कारण मकै खेती गर्ने किसानको संख्या घट्दै गएको छ । कतिपयले खेत बाँझै राखेका छन् ।