काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले केन्द्रीय सदस्य प्रमीलाकुमारी सिंह पार्टीबाट निष्कासित गरेको छ ।
समाजवादी महिला संघकी उपाध्यक्षसमेत रहेकी सिंहलाई पार्टीबाट निष्कासन गरिएका केन्द्रीय कार्यालयका सचिव पेशल ढकालले जनाएका छन् ।
पार्टीको नीति, सिद्धान्त र विधि विपरीत काम गरेकोले आजैबाट साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको पत्रमा उल्लेख छ ।








